April 17, 2016

अमेरिका बोल्दा चाही ओली,प्रचण्ड र कमल थापाका अन्ध रास्ट्रवाद कहाँ हरायो? एलिसा कोइरालाको पत्र

आमेरीकाले दिनहु खुलेआम बिज्ञप्ति जारी गरेर नेपाल संविधान को बिरोध गरिरहेका छन। खै हावादारी राष्ट्रवाद ओली, खै प्रचण्ड ,खै कमलथापा कता हराए यी ढोंगी राष्ट्रवादहरु ? अमेरिकाको बिरुद्ध बोल्ने कसैको हिम्मत छैन अमेरिकाले त विभेदकारी नेपाल संविधानको बिरोध मात्र हैन, आन्दोलनमा मानवाधिकार हनन गरि अनावास्क्यक बल प्रयोग गरिएको मा गैर जिम्मेवार नेपाल सरकारको पनि घोर भर्त्सना गरेको छ। 
अस्ति छिमेकि मुलुक भारतका केहि नेताहरुले विभेदकारी नेपाल संविधानमा आफ्नो धारणा सुझाव मात्र राख्दा,आन्तरिक मामिला हस्तक्षेप गर्यो भन्दै, केहि नेताहरुको झुटो राष्ट्रवादको नारा उचालेर भारत को बिरोध गर्यो। आजभोली अमेरिकाले खुलेआम विभेदकारी नेपाल संविधान को औपचारिक बिज्ञप्ति जारि गरेर बिरोधगर्दापनि सबै राष्ट्रवादी भनिनेहरु दुलो भित्र पसेका छन। अमेरिका बिरुद्ध बोल्ने कसैकोपनि हिम्मत छैन।
यसले यति साबित गर्छ कि हावादारी नारा उचालेर भारत बिरुद्ध बोलेर आफुलाई राष्ट्रवादी भन्ने सबै ढोंग मात्र हो। सक्छौ भने अमेरिकालाई भनेर देखाउ, संविधान हाम्रो आन्तरिक मामिला हो हस्तक्षेप/टिप्पणी नगर । अवश्यपनि नेपालको संविधान नेपालको आफ्नो स्वाधीनता हो, तर यसको अर्थ यो हैन कि नेपालको संविधान नेपालका दुइ-चार स्वार्थी/अत्याचारी नेताहरुले आफ्नो खल्तीभर्ने जागिर बनाउने।
हाम्रो देश प्रजातन्त्र नभएर ढोंगतन्त्र हो ,नेपालको राष्ट्रपति महिला, सभामुख महिला अब मुख्य न्यायधिस पनि महिला यत्रो ठुलो अहुदा महिला तर यो देशको साधारण महिलालाई आफ्नो बच्चालाई स्वात्: नागरिता दिने पुरुष सरह समान अधिकारपनि छैन। उदाहरण सरह बंगलादेशमा सधैव महिला प्रधानमन्त्री मात्र हुन्छ ,तर एसियामा सबै भन्दा बढी महिला शोषित अत्याचार हुने देश बंगलादेश नै हो। हाम्रो देशले पनि त्यहि नीति ल्याएको छ , दुइ-चार जना पहुँच महिला ,दलित,जनजाति, आदिवासी ,दलित गरिब पिछडिएका हरुलाई ठुलो पद दिने अनि त्यसको आडमा लाखौ महिला,दलित,जनजाति,आदिवासी,दलित गरिब पिछडिएकाहरुको सोषन गर्ने ,अत्याचार गर्ने।
जब कुनै देशमा अन्याय अत्याचार हुन्छ,विश्वका सबै जागरुक जिम्मेवार देशले त्यस अन्याय बिरुद्ध आवाज उठाउनेछ।आज अमेरिका, युरोप, भारतले खुलेआम बिरोध गरिरहेका छ्न् भने अन्य केहि देशहरुले अनऔपचारिकताका साथ बिरोध गरिरहेका छन , अहिले सम्म विभेदकारी संविधान को चीन/पाकिस्तानले मात्र समर्थन जनाएको छ त्यो पनि अनऔपचारिकता मात्र।ढिलो चाडो सत्यको पक्षमा ढिलो चाडो सत्यको पक्षमा पुरा विश्व नै आउने छन।
नेपाल सविधान साचिकैपनि विभेदकारी छ ; महिला, जनजाति, आदिवासी, दलित, मधेसी, थारु, गरिब पिछडिएका -आर्यखस लगायत सम्पूर्ण नागरिकको समानता पुर्वक पहिचान/
हक-अधिकार स-सम्मान सुनिस्चित हुनुपर्दछ ।
धन्यवाद !!

1 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More