March 7, 2016

गजेडी लफंगाले शिवरात्रि, धर्म संस्कृतिको नाम खराब गरे समाजमा बिकृति ल्याए, रोकौं !

शिवरात्रि आयो हिन्दु हरुको महान चाडमा  थोरै धर्मकर्म र धेरै गाजाखाने सुरले आएका भक्तजन र आसक्तजनहरुको पशुपतिनाथमा भिड बढ्यो । 
हिन्दु  शिवभक्तहरुले  सदिऔदेखि पुजागर्दैआएको आराध्यदेव शिवको यो पावन जन्मदिन शिवरात्रिलाइ गजेडी लफंगाहरुले गाजा, भांग, धतुरो खाने पर्वको रुपमा लिएर बद्नाम गराउने क्रम हिजो आज बढिरहेको छ ।
यस्ता क्रियाकलापले लोप हुदै  गएका हाम्रा संस्कृतिहरु अनि धर्मको तेजोबध गर्ने र बिश्वो समुदायमा हिन्दुधर्मको  धज्जी ऊडाएको छ । गाजा, धतुरो, भांगलाइ अन्तरास्ट्रिय जगतमा हानिकारक  ड्रग्स अर्थात् नासालु पदार्थको रुपमा लिएर प्रतिबन्ध नै लगाइएको  पाइन्छ ।   
हाम्रो नेपालमा पनि यसको कारोबार गर्न कानुनले प्रतिबन्ध  लगाएको छ तर पनि खुलेआम यसको सेवन गर्ने र करोबार गर्नेहरु गाउसहर सबैतिर पाइन्छन अझ आज पशुपतिनाथ मन्दिरमा साधुबबाको भेसमा यसको कारोबार जतातै भाको हुन्छ । 

खाएर  लठहुनेहरु भने शिव भगवानको नाम बद्नाम गरिरहेका हुन्छन, चाडबाडको नाममा समाजमा दियिने  मौन सहमति र सिवको बुटी, प्रसाद  भनेर उक्साइदिने उक्साहटले  बर्सेनि कयौ नया युवाहरु यसको लतमा नजानिँदो तरिकाले  लागिरहेका हुन्छन।    
धर्मशास्त्रका पण्डितहरु कहिले कुनै शास्त्र,  कुनै ठाउमा शिवजीले प्रसादको रुपमा  गाँजा, धतुरो खानु  नभनेको र केहि गजेडी र आसक्तहरुले शिवको  बिराट स्वोरुपको गलत ब्याख्या गरेर समाजमा  बिकृति फैलाउने काम गरेको बताउछन् ।

बिशेष गरेर समाजमा प्रतिष्ठित कहलिएका व्यक्तिहरु , गयाक , कलाकार हरुपनि  यस्ता क्रियाकलापमा देखापर्ने गरेकोले उनीहरुको सिको गर्दै नया पिढीहरु बिग्रिने क्रम बढेको नै छ ।  उक्साउने भए राम्रो काम गर्न उत्प्रेरणा जगाउ नभए समाजमा प्रथिस्थित अनुहारहरु समाज  बिगार्ने भाड्ने काममा लाग्ने कुन नैतिकता हो ?

लौ अब यसपाली गाजा नखाने र खानलाइ पनि  नउक्साउने  काम गरेर जिम्मेवार समाज , देश र  शिवभक्त  बनौ ।
यसपालीको शिवरात्रिमा सबै नेपालिको मति  सुध्रियियोस सबैको कल्यान होस्!  
शिवरात्रिको शुभकामाना ।
जय सम्भो !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More