March 28, 2016

एन सेलले सिमडाटाबाट जनता ठग्नेमात्र हैन कर नतिरेर राष्ट्र डुबाएको खुलासा


पैसा हालेर एकपटक नेट चलाउदा भुरुरु पोइसो तानेर नेट सुबिधा नपाएर दुख पाएका जनताको पैसा लुटेर कम्पनि अत्यन्त धनि भयो यसमा मलजल गर्न नेपालको राष्ट्रिय संचार सेवाका ठुला कर्मचारीको हात रहेको मानिएको छ । व्यापक बिरोध बढेपछि कम्पनिले अकुत् नाफा,  मोटो बोनस ,  घुस सहित  चोखोनितो गरेर कर छलगरि कम्पनीलाई बेच्ने प्रपंच बुनिएर हालै बेचिएको भनिएको सूचना पछि सरोकारवालाहरुको धारणा 
>>>अन्नपुर्णपोस्टमा आएको छ हेर्नुस जस्ताको तस्तै >>>
शुसासनका लागि नागरिक अभियान विषयमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा तथा पूर्वप्रशासकले कर प्रशासनले कुनै पनि दबाबमा काम गर्न नहुने बताए। उनीहरूले कर लगाउने पर्याप्त आधार भएको बताए।
पूर्वमुख्य सचिव विमल कोइरालाले आयकर ऐन २०५८ ले स्पष्ट रूपमा कर लगाउने अधिकार एनसेल खरिदबिक्रीका विषयमा ठूला करदाता कार्यालयलाई दिएको र करदाता कार्यालयले काम गर्नुपर्ने बताए। 'अहिले एनसेलमा कर निर्धारण गर्दा विदेशी लगानी प्रभावित हुन्छ भन्ने तर्क आएको छ। कर तिर्दा विदेशी लगानी आउँदैन भने त्यस्तो लगानी देशलाई चाहिएको छैन',कोइरालाले भने। 
उनले देशलाई आर्थिक विकास गर्न, रोजगारी सिर्जना गर्न तथा कर संकलनका लागि विदेशी लगानी चाहिने भन्दै रोजगारी पनि सिर्जना नहुने र देशको विकास पनि नहुने विदेशी लगानी भित्र्याउनुको अर्थ नहुने बताए। 
'एनसेल खरिदबिक्रीमा कर निर्धारण नगर्नु भनेको खुला भ्रष्टाचार हो। यो नीतिगत भ्रष्टाचार होइन खुलम खुल्ला भ्रष्टाचार हो',कोइरालाले भने। उनले आयकर एनले प्रष्ट रूपमा एनसेलको खरिदबिक्रीमा कर निर्धारण गर्न सक्ने व्यवस्था गरेको भन्दै राजस्वका कर्मचारीको आलोचना गरे। ' मलाइ दुःख लागेको छ। म आफै कुनै बेला काम गरेको संस्थाका कर्मचारी किन कमजोर भएका छन्', उनले भने।
यस्तै पूर्वसचिव अरविन्द श्रेष्ठले कर छली हुन सक्ने सम्भावना रहेका कारण आयकर ऐनमा दफा ३५ को व्यवस्था गरिएको बताए। 'एनसेल खरिदबिक्रीका विषयमा कर नलाग्ने तर्क नै बेकारको हो। यसमा कुनै शंका मान्नुपर्ने कुरा छैन।
पूर्वमुख्य सचिव लीलामणि पौडेलले जनताको सुख र दुःख कुराकानीबाट एनसेलले नाफा कमाएको र अहिले खरिदबिक्रीमा कर निर्धारण नभएमा यो ठूलो राष्ट्रघात हुने बताए। 'एनसेल खरिदबिक्रीमा कर नलगाउनका लागि कालोधन प्रयोग हुँदैछ। 
कालो धन बढी प्रयोग भए पनि अफगानिस्तानमा तालेवान र इराकमा आईएस जन्मेको छ', उनले भने,' अहिले एनसेलमा कर निर्धारण नगरेर यस्तै कालो अर्थतन्त्र निर्माण गरेर देशलाई बरबाद बनाउने तयारी भएको छ।' सबैले यसमा दबाब दिन जरुरी 
पुरा जानकारीका लागी तलको लिंकमा क्लिक गर्नुहोला  http://bit.ly/1Rnn8UT

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More