March 30, 2016

द्वन्द्वमा गम्भीर घटनाका उजुरी गरौँ द्वन्दका घाउ मेटी समृद्द तर्फ लाग्ने अवसर

सत्य निरुपण तथा मेलमिलाप आयोगले 
सशस्त्र द्वन्द्वमा मानवअधिकारको गम्भीर उल्लंघनका घटनाका बारेमा उजुरी गर्न आव्हान गरेको छ।

आयोगले माओवादीले जनयुद्ध सुरु गरेको २०५२ साल फागुन १ गतेदेखि शान्ति सम्झौतामा हस्ताक्षर भएको २०६३ मंसिर ५ गतेबीच भएका मानव अधिकार उल्लंघनका घटनामा उजुरी मागेको हो। आयोगले राज्य पक्ष र तत्कालीन नेकपा माओवादीबीच भएको सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा जन समुदायविरुद्ध लक्षित गरी वा योजनावद्ध रुपमा गरिएको मानवअधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटनामा उजुरी मागेको हो।

यस्ता छन् आयोगले गम्भीर ठहर गरेका घटनाः

  • हत्या,
  • अपहरण वा शरीर बन्धक बनाउने,
  • शारीरिक वा मानसिक यातना,
  • बलात्कार तथा यौनजन्य हिंसा,
  • व्यक्तिगत तथा सार्वजनिक सम्पति लुटपाट, कब्जा, तोडफोड वा आगजनी,
  • घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन वा
  • अन्तराष्ट्रिय मावन अधिकार वा मानवीय कानुन विपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अन्य अपराध
आयोगले आउँदो बैशाख ५ गतेदेखि असार २ गतेसम्ममा उजुरी दिइसक्न सूचना जारी गरेको हो। यसबीच आयोगको टोली समेत विभिन्न जिल्लाहरुमा उजुरी संकलनको समन्वयका लागि समेत जाने भएका छन्। साथै उजुरी संकलनका लागि कर्मचारी समेत खटाउने भएको छ।साथै आयोगले उजुरी फारम आयोगको वेबसाइट www.trc.gov.np मा समेत उपलब्ध गराएको छ। उजुरीका लागि दस्तुर भने लाग्ने छैन | पहिलोपोस्ट बाट 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More