March 27, 2016

कठै विदेशीलेपनि भन्न थाले 'कहाँ लग्यौ हामीले गरेको सहयोग?'भुकम्प पिडितको बिजोक छ


जर्मनीका सांसदले विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितलाई आवासको उचित प्रबन्ध मिलाउन नसकेको भन्दै नेपालको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका छन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

नेपाल भ्रमणमा रहेका जर्मनीका सांसदहरूले भूकम्पपीडितका लागि उपलब्ध गराइएको विदेशी सहयोगको सदुपयोग हुन नसकेको भन्दै तिक्तता व्यक्त गरे।
'भूकम्पपछिको अवस्थामा पुनर्निर्माण र पीडितलाई घर उपलब्ध गराउने सवालमा अत्यन्त थोरै काम भएको रहेछ। भूकम्पपीडितले अहिलेसम्म बस्ने घर पाएका रहेनछन्। यहाँको राजनीतिक नेतृत्वले के गरिरहेको छ?' जर्मन संसद् 'बुन्डेस्ट्यायाग'अन्तर्गतको आर्थिक सहायता तथा विकास समितिकी सभापति डग्मर ओर्लले शनिबार पत्रकारसँगको अन्तक्रियामा भनिन्।
जर्मनीले नेपालमा भूकम्पपछि आयोजित अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनका क्रममा ३० मिलियन युरो सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। जर्मन सांसद ओर्लले भूकम्पपछिको पुनर्निर्माणको कामको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामकारबाहीमाथि पनि टिप्पणी गरिन्।
'हामीले पुनर्निर्माण प्राधिकरणका अधिकारीसँग पनि छलफल गर्यौं। छिटोभन्दा छिटो भूकम्पपीडितलाई आवासको व्यवस्था गर्न तथा राहत दिने काममा प्राधिकरण खासै सक्रिय भएको देखिएन। प्राधिकरण अहिले साधारण नीतिनियम बनाउनेजस्ता काममा केन्द्रित रहेछ',उनले भनिन्।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More