March 4, 2016

सुगौली सन्धि नेपाल र बेलायतबीच भएको थियो भारतसंग पुनराबलोकन हुनुपर्छ कि पर्दैन?



असमान पूर्ण भनिएको सुगौलि सन्धिको असली कपि कहाँ छ हेर्ने देख्ने कोहि छैन भनिन्छ के यस्तो सन्धिलाई सधै यसरि गोप्य राख्न मिल्छ ?
लैनचौरस्थित भारतीय दूतावास अगाडि नेपाल र बेलायतबीचको सुगौली सन्धि जलाउने प्रयास गर्दा एक दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका ती युवाहरुलाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा राखिएको छ ।
सुगौली सन्धि भएको दुई सय वर्ष पुगेकै दिन मोर्चाले लैनचौरस्थित भारतीय दूतावास अगाडि सन्धिको प्रतिलिपी जलाउने कार्यक्रम राखेको थियो । ग्रेटर नेपालको ब्यानरसहित दूतावासतर्फ जाने क्रममा प्रहरीले उनीहरुलाई भारतीय बाटैमा रोकेको थियो । मोर्चाका युवाले त्यहिँ नै सन्धि जलाउन खोजेपछि प्रहरीले सबैलाई पक्राउ गरी भ्यानमा हाल्यो । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए ।
सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वमा टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि नेपालले गुमाएको थियो । नेपालले गुमाएको भुमि फिर्ता हुनुपर्ने मागका साथ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आन्दोलन गर्दै आएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए । उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै निन्दा गरेका छन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More