March 26, 2016

मधेशी दललाई आन्दोलन गर्न उक्साउने भारतीय राजदुतलाइ भारतले फिर्ता नाबोलाएदेशनिकाला गरिने

हाम्रो भुमिको बारेमा भारतीय राजदुतले यो गर त्यो गर भनि मधेशी दललाई उक्साउने ? आर्थिक रणनीतिक सहयोग गर्छु भनेर आस्वासन दिने कुन कुटनिती हो ? सरकारले नेपाल प्रति कुदृस्टी राख्ने मातृभूमीका सत्रुलाई देशनिकाला गर्नु पर्दैन ?
रंजित रेलाइ नेपालको मामिलामा केको सकसक ? 
अनि मधेश्कस्का मसिहा हरुलाई  मालिकलाई झैं आन्दोलन यो गर्छौं त्यो गर्छौं भनेर बेलिबिस्तार लगाउनु पर्ने के दरकार ?  अनि हाम्रो सरकार र दलहरु मधेश आन्दोलनको जायज माग पुरा गर्न किन मौन ? सबै अस्थिरता ल्याएर आफ्नो दुनो सोझो बनाउने ? देश आगो लगाएर खरानीको टीको  लगाउने नेपालका  हरामी हरुसंगपनि सचेत रहौ । 


यस बारे शंकर पोखरेलको टिप्पणी  यस्तो छ । 
विहीबार मधेसवादी दलका नेतालाई लैनचौस्थित दूतावास भवन बोलाएर भारतीय राजदूत रञ्जीत रेले ‘मधेसी मोर्चाले गर्ने आन्दोलनमा भारतको साथ, समर्थन र शुभेच्छा रहने’ बताउँदै आन्दोलन गर्न उक्साएका थिए ।
भारतीय राजदूतको आपत्ति बयानको जवाफ दिँदै सरकार चलाइरहेको एमालेका नेता पोखरेलले छिमेकमा आन्दोलन हुँदा आफूलाई पनि असर पर्नेतर्फ होस गर्न भनेका हुन् ।
‘छिमेकमा डढेलो लगाएर आफ्नो वस्ती उज्यालो वनाउने रहर महामहिमलाई निकै जागेछ । डढेलोले छिमेक मात्र होइन महामहिमकै बस्ती डढाउन सक्छ । होस् गरौ,’ नेता पोखरेलले घुमाउरो भाषामा भनेका छन् ।
भारतीय राजदूतले मधेसीवादी दलहरुलाई उचालेः उपप्रधानमन्त्री मैनाली - See more at: http://www.onlinekhabar.com/2016/03/406323/#sthash.PAYGT90V.dpuf

सरकारका जिम्मेवार मन्त्रीले आरोप मात्र लगाएकों खबर आयो सक्छौ भने बोलाएर स्पस्टिकरण सोध - 

अन्नपूर्ण पोस्टले यो घटना बारे यस्तो लेखेको छ जस्ताको  तस्तै 
काठमाडौं: वैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसी मोर्चाका शीर्ष नेताहरूले दूतावासमै गई भारतीय राजदूत रन्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् । होली पर्वका अवसरमा राजदूत रेले बिहीबार दूतावासमा बोलाएको ब्रेकफास्ट बैठकमा राजदूतको जिज्ञासापछि उनीहरूले त्यसबारे जानकारी गराएका हुन् ।

बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अबको आन्दोलन राजधानीकेन्द्रित हुने र पहाडी जनजातिहरूको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ । राजदूत रेले ‘तपाईंहरूले वैशाखदेखि फेरि प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारीका

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More