March 21, 2016

जथाभावी लोला हान्नेलाई एकबर्ष जेल र अपराधी सुचिमा दर्ता गर्छु-सर्बेन्द्र खनाल

 होली मनाउने मुडमा हुनुहुन्छ ? सचेत हुनुहोस् । कतै सार्वजनिक मुद्दाको फन्दामा नपरियोस् । र, एक वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना दण्ड सजाय भोग्नु नपरोस् ।

होलीका नाममा जबर्जस्ती रंग र लोला हान्ने तथा विकृत गतिविधि गर्नेमाथि प्रशासनले कडा कारबाही गर्ने भएको हो । त्यति मात्र होइन शान्ति सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । सादा पोसाकमा पनि प्रहरी परिचालनको व्यवस्था गरिएको छ ।  

उपत्यकाका तीनवटै प्रहरी परिसरले ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएका छन् । महानगरीय ट्राफिक महाशाखाको संयोजकत्वमा होली पर्व विशेष एकीकृत सुरक्षा योजना बनाइएको छ । खुला रूपमा मद्यपान, धूमपानजस्ता विकृतिपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने तीनवटै परिसर प्रमुखले चेतावनी दिएका छन् ।

ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले प्रत्येक चोकमा प्रहरीको मोबाइल टोली परिचालन गरिने बताए । ‘मनोरन्जन गर्न पाइन्छ तर त्यसका नाममा विकृति गर्ने कसैलाई छाडिँदैन, कडा कारबाही गरिन्छ,’ उनले भने, ‘गल्लीभित्र पनि प्रहरी परिचालनको व्यवस्था छ ।’ चाडपर्वका बेला विकृति निम्त्याउनेहरू सक्रिय हुने भन्दै उनले त्यस्तालाई तत्काल कारबाही गरिने बताए ।

उपत्यकाका ९० भन्दा बढी स्थानमा डीएसपीको नेतृत्वमा प्रहरीले चेकजाँच गर्नेछ । ‘१० हजार रुपैयाँ जरिवानादेखि १ वर्षसम्म कैद गर्छौं,’ काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले भने, ‘मर्यादित रूपमा होली मनाउन सबैसँग अनुरोध गरेका छौं ।’

भक्तपुर परिसरकी प्रमुख किरण वज्राचार्यले होली पर्व संयमित भएर मनाउन आग्रह गरिन् । क्षमताभन्दा बढी यात्रु राख्ने, हेल्मेट नलगाउने, सवारीसाधनमा चढेर फोहोर पानी फाल्नेलाई पक्राउ गरी कारबाही गरिने डीआईजी अर्यालले बताए । उनले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्नेलाई सार्वजनिक मुद्दा चलाइने बताए ।

 यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीमा जबर्जस्ती रङ तथा लोला हान्नेमाथि सार्वजनिक मुद्दा चलाउने जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले शान्ति सुरक्षा कायम गर्न प्रहरी व्यापक परिचालन गरिएको बताए । ‘सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन गरेका छौं, कुनै अप्रिय घटना भए तत्काल सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने ।इकान्तिपुरअनलाइन  बाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More