March 16, 2016

ओली सरकार दम भए चीन जाँदा चीनलाइ भारतसंग गरेको लिपूलेक सम्झौता खारेज गर भन


आगमी चैत ७ गते देखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई सुझाव दिदैँ चुरे भावर पार्टीले नेपाली भूमी लिपुलेक माथि छिमेकी भारत र चीनले सम्झौता गरेकोमा आपत्ति जनाउँदै उक्त सुझाव दिएको हो। 'नेपाली भूमी लिपुलेकलाई दुवै देशले नाकाको रुपमा प्रयोग गर्ने विषय कुन आधारमा गरिएको थियो ? त्यसको जवाफ खोज्न हाम्रो पार्टीको सुझाव छ', अध्यक्ष बद्री न्यौपानेले भने। उनका अनुसार उक्त भूमीको बिबाद हल गर्न पनि प्रधानमन्त्रीलाई सो पार्टीको सुझाव छ ।
चुरे भावरले राष्ट्रिय स्वाधिनतालाई प्राथमिकता दिएर चीनसँग पारबहान सम्झौता गर्न पनि सुझाव दिएको छ । 'भ्रमणका बेला प्रधानमन्त्रीले आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता, स्वाधिनताका साथै वाणिज्य तथा पारवबहनको विषयलाई ध्यान दिइ अगाडि बढ्न चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सुझाव दिन चाहन्छ ,' चुरे भावारले भनेको छ, 'मित्रराष्ट्र चीनको भ्रमणका बेला इन्धनका साथै अन्य व्यापारिक सम्झौतागर्न पनि सुझाव दिन चाहन्छौँ ।' पेट्रोलियम पदार्थ, ग्याँस, औषधिलगायतका अत्यावश्क वस्तुमा एउटा मात्रै मुलुकको भर पर्दा नेपाली जनताले महिनौ देखि दुःख पाएको दृष्टान्तलाई मध्यनजर गर्न पनि सो पार्टीको प्रधानमन्त्री ओलीलाई सुझाव छ ।नागरिक दैनिक बाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More