March 13, 2016

कार्यकर्ता कि प्रतिनिधि चाही बिके?कसरी गगनलाई हराएर भ्रस्टचारीलाइ नम्बर एकबनायौ?


महामन्त्रीमा पराजीत भएपछि गगन थापाले एक अनलाइनमा अन्तवार्ता दिदै भनेका थिए कांग्रेस महाधिवेशनका कयौ कथाहरु लेखिदै जानेछन् । जे भयो गलत भयो । उनले आफुलाई युवा नेता नभन्न पनि आग्रह गरे । गगनको त्यो आक्रोश थियो या पीडा त्यसको समिक्षा हुनेछ पक्कै पनि । तर लोकतन्त्र र पाददर्शीताको नारा बोक्ने कांग्रेस र कांग्रेसी कार्यकर्ताको एक निर्णयले पुरै देशले वा राजनीतिले बदनामी खेप्नुपर्र्यो । कुनै दिन भट्राचारी प्रमाणित भएर जेल गएका खुमबहादुर खड्कालाई केन्द्रिय सदस्यमा सवैभन्दा वढी मत दिएर पहिलो वनाए (मतपरिणाम गन्दासम्म ) । हुन न यो कांग्रेसी कार्यकर्ताको अधिकारको कुरा थियो र हो पनि तर यसबाट वुझ्न सकिन्छ कांग्रेस के को राजनीति गर्न चाहन्छ निष्ठा,इमान्दारीता या शक्ति र पैसाको । गगन थापाजस्ता होनहार युवाहरु हार्ने,जसलाई समाजले रुचाउ“छ तर जो समाजमा बदनाम छन,कलंकीत छन,राज्यको कुनै निकायमा सहभागि हुन पाउ“दैनन ति खुमबहादुरहरु जित्ने वाह,कांग्रेस । कति सजिलै विर्सीए कांग्रेसी कार्यकर्ताहरुले हिजोको त्यो दिन जुन दिन खुमबहादुर एक भष्ट्रचारी प्रमाणित भएर जेल गएका थिए । हुन त कांग्रेसको एक हुल वा जत्थाले खुमबहादुर जेलबाट सजाय भोगेर छुट्दा ठुलै माला पहिनाएका थिए । हुन त उनी पछिल्लो समय धर्मका नाममा पाप पखाल्न चाहन्थे । भष्ट्राचार यति धिनलाग्दो अपराध हो कि कतिपय मुलुकमा भष्ट्राचारीलाई किचीकिची मारिन्छ वा फासि दिइन्छ । विदेशमा भए भ्रष्टाचारको अभियोगमा जेल परेका व्यक्तिलाई परिवारका सदस्यबाहेक अन्यले शायदै स्वागत गर्ने थिए, पार्टीले पनि त्यस्तो व्यक्तिलाई कारवाही गर्ने थियो । तर, नेपाली कांग्रेसले भने भ्रष्टाचारको अभियोगमा जेल जीवन विताएर बाहिर निस्केलगत्तै कांग्रेस नेता खुमबहादुर खड्कालाई चारतारे झण्डासहित स्वागत गरेर नयाँ परम्पराको थालनी गरेको थियो । डिल्लीबजार जेलबाट निस्कँदा हजारौं कार्यकर्ताले १ सय २१ किलोग्रामको माला लगाइदिएका थिए , पञ्जेवाजा बजाएर स्वागत गरे, त्यही बाजाको तालमा कम्मर मर्काएर नाचेका थिए खुमबहादुर । राज्यको कानून मानेर जेल बसेको बताउने खड्काले सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा भाषण पनि ठोके त्यहीबेला । खुमबहादुर खड्का आस्थाका आधारमा नभएर आर्थिक अनियमितता र भ्रष्टाचारका आधारमा जेल परेका व्याक्ति थिए । तर विडम्वना कांग्रेसमा जे नहुनुपर्दथ्र्यो त्यही भयो । नेपाल मात्रै यस्तो देश हो जहा भष्ट्राचारीलाई पुरस्कार दिइन्छ र इमान्दारलाई दण्ड दिइन्छ । यसैको उदहारण हुन गगन थापा जसले इमान्दार भएवाफत सजाए पाए । मानौ खुमबहादुरले नेपाली राजनीतिको शीर उचो पारेका थिए वा कुनै साहसीक जंग अर्थात युद्ध जितेर आएका थिए । लोकतन्त्रको पारदर्शी मैदानबाट खुलेयाम भष्ट्राचारीलाई सघाउने विवेकहिन कांग्रेस कार्यकर्ताको यो निर्णयले कांग्रेसको विगत र भविष्यलाई गिज्याइहेको छ । सधैभरी इमान्दारीताको कमाण्डलु वोक्ने सुशील,समाजवादको सपना देख्ने विपीले अहिले कांग्रेसको रिति थिती देख्दा के सोच्दा हुन् । कुनै समय राजतन्त्रको प्रवक्ता मानिएका शसांक महामन्त्री जित्ने र कांग्रेसमा पहिलोपटक गणतन्त्रको नारा वोक्ने नरहरीहरु अस्पतालको वेडमा थन्कीने वाह कांग्रेस गज्जवको इतिहास रच्दैछ । के यहि हो नया“ कांग्रेस । हुन त नेपाली कांग्रेसको इतिहास भनेकै बदनामै बदनामको विरबलको खिचडी नै हो तर इतिहासका कालखण्डमा कुनै–कुनै बेला कांग्रेसले आफुलाई परिवर्तनको पक्षमा जवरजस्ती उभ्याएको पनि हो । तर कांग्रेसको राजनीतिमा लागेका खुमबहादुर हुन या कुनै समयका कांग्रेस नेता जेपी गुप्ता सवैले भष्ट्रको विल्ला भीरे । त्यसो त कांग्रेसभित्र भष्ट्राचारका कयौ कथाहरु छन,जो दुनियालाई जगजाहेर नै छ । यसले कांग्रेसको मात्रै बदनाम गरेको छैन वरु नेपालमा यस्ता पनि नेता छन भनेर दुनियामा बदनाम भएको छ । यतिमात्रै होइन नेपाली राजनीतिक दलका कार्यकर्ता यत्तिसम्म विवेकहिन छन कि जीन्दगीभर धृणा गर्नुपर्नेलाई सवैभन्दा वढी मत दिएर नेता स्वीकार गर्छन भन्ने उदहारण दिएको छ । ७० प्रतिशत युवाहरुले किन मतदान गरे खुमबहादुरहरुलाई इतिहासले एकदिन जवाफ माग्नेछ । कांग्रेसीहरुले गुटमा लाग्दाको परिणाम पनि हो यो । जो कांग्रेसको जित पनि थिएन,गुटको जित थियो । कांग्रेसको जित हुन्थ्यो भने गगन थापाजस्ता युवाहरुले मलाई युवा नेता नभन्नुस भनेर आत्मगाल्नी गर्नुपर्ने आउने थिएन । कांग्रेसी कार्यकर्ताले भष्ट्रालाई प्रश्रय दिने कलंकको कालो टिका पोतेका छन आफ्नै र पार्टीको अनुहारमा । नीउज सेवा बाट !!!

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More