February 8, 2016

माेर्चाद्वारा नाकाबन्दी स्थगित-यो कदमको सबैले स्वागत र जायज माग प्रति समर्थन जनाऔ

आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ। मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। 'जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ,' मोर्चा नेता महेन्द्र रायले भने,'आन्दोलनका क्रममा भएका कमी कमजोरी र त्रुटि समीक्षा गर्दै आन्दोलनलाई अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं।'

यो कदममा केपी ओलीलाइ हिरो  र मधेशीलाइ जिरो नभनम जिरो सरकार नै हो लाचारी सरकारको रवैया र जनताले पाएको दुखलाई मध्यनजर गरेर नाकाबन्दि स्थगित गर्नु सराहनीय कदम हो । ५० जना बढीको ज्यान गएको आन्दोलनले  मधेशको आवाज बुलन्द गरेकोछ जायज मागमा सबै नेपालीको समर्थन र सहानुभूति रहनु पर्दछ । नेपाली मिले नेपाल बन्ने छ । नेपालीको माग नेपालले पुरा गरोस दिल्लीले हैन ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More