February 7, 2016

नयाँ शक्तिको दुई महिने सांगठनिक कार्ययोजना सार्वजनिक

नयाँ शक्तिको दुई महिने सांगठनिक कार्ययोजना सार्वजनिक आजकै केन्द्रिय परिषदको पहिलो बैठकबाट नयाँ शक्तिको दुई महिने सांगठनिक कार्ययोजना समेत सार्वजनिक गरिएको छ । जसअनुसार फागुन १ गतेदेखि चैत मसान्तसम्म दुई महिने दोस्रो चरणको अभियान सञ्चालन गर्ने, सबै प्रदेशको प्रादेशिक संरचना तयार गर्ने र सोको योजना जिल्लादेखि टोलसम्म वितरण गर्ने, केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला कार्यालय व्यवस्थित गर्ने, प्रचारप्रसार तिब्र पार्ने कार्ययोजना रहेका छन् ।
यसैगरि संगठन व्यवस्थित बनाउन बाँकी जिल्लाहरुमा संगठन बनाउने, सबै जिल्लाहरुमा वैकल्पिक राजनीतिका बारेमा खुल्ला अन्तरक्रियाहरु आयोजना गर्ने, मधेस आन्दोलनको समाधानका लागि पहल गर्ने, विभागका कार्ययोजनाहरु १५ दिनभित्र तयार पारि कार्यान्वयन गर्नेलगायतका दुई महिने कार्ययोजना छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More