February 25, 2016

कांग्रेस जन,युवा नेताहरुलाई प्रस्न देउवा नै सभापति किन ?


प्रजातान्त्रिक समाजबादको ढोंग पिटेर सुरासुन्दरी देखि संसद खरीदबिक्रि गर्दै अलेसान दरबारमा बसेर सौख र सुबिधाको लागि राजनीति गर्ने देउवा पटकपटक देशको कार्यकारी पदमा पुगेर परिक्षण भैसकेको थोत्रो अनुहार हो ।

 यस्तै हिजो सम्म सुइ घोचेर बसेका ससंक र बिपी कोइराला अस्पतालमा हाकिम भएर बसेका शेखर थिए यिनलाई कोइराला परिवारको नाताले हिरो बनाउनु जीवन भर कांग्रेस बनेर यो दलको साख जोगाउने कार्यकर्ता हरुको घोर अपमान हो । ससांक र देउवाको नुनखान भेटेका केहि बरिस्ट पत्रकार भनौदा कोइराला र देउवा नै हिरो भनेर लेख्न भ्याए । भ्रममा नपरौं सिटौला पनि बिबादित र संकास्पद व्यक्ति र कोइरलपरिबारका नातेदार हुन् । लोकतन्त्रमा अविचलित आस्था राख्ने केहि भिजन र मूल्यमान्यता छ भने बरु रामचन्द्र पौडेलमा छ ।महा अधिबेसनमा भएको पैसाको खोलो बगाउने ,जुन सुकै हत्कन्डा अपनाएर सत्तालिने देउवा प्रवृति हावी भए केहि समय अवसरबादी हरुके सत्ता शक्ति अवसर पाउलान तर भबिस्यमा मुलुक र कांग्रेसले गम्भीर दुर्घटना झेल्नु पर्नेछ । मुलुकमा १० बर्से जनयुद्ध र कम्न्युनिस्ट हावी हुनु कांग्रेसमा देउवा प्रवृतिले गरेको संसदीय व्यबस्थाको दुरुपयोग , पद र पहुच भएपछि जनतालाई रैती बनाएर २०४६ पछि प्रजातन्त्रको नाममा भएको खुमबहादुर , वाग्ले , गुप्ता , गच्छादार , देउवा हरुको ब्रम्हलुटले थियो, हेक्का रहोस कांग्रेसीले नेत्रित्व छान्दा होस् गरेनन भने यो दल अब प्रजापरिसद हुने संकेत दिदैछ ।
युवा भनौदा नेता बिश्व प्रकाश , संकर भण्डारी , प्रदिप गगनहरु जवसम्म कांग्रेसको देउवा स्कुलिङ्ग चिरेर अघि बढ्न सक्दैनन् उनीहरुको व्यक्तिगत स्वार्थ १-२ थान मन्त्रि खुवाएर राणा सजा साप् हरुका ज्वाई सामन्ती राजाको झल्को दिने बिचार भिजन सुन्य देउवा महाराजले पुरा गरिदिएर होला तर मुलुक र कांग्रेसले निकास पाउँदैन ।
रामचन्द्र पौडेलले कोइराला लिगेसी मात्र हैन अब गगनलाइ प्यानालना राखेर खुट्टो नकमाई अघि बढेको बेस ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More