February 7, 2016

सरकारलाइ किसानको पत्र : किसानलाई मल, बिउ,तालिम,बिमा,सुबिधा दिने कि पेन्सनको आस देखाएर भोट फकाउने ?


सन्दर्भ : किसानलाई पेन्सन: यस्तो छ सरकारको तयारी????
कृषकलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले किसान सुरक्षा कोष गठन गर्ने भनेको छ । कोषमा केही रकम कृषकले हाल्नुपर्ने छ भने बाँकी रकम सरकारले व्यहोर्नेछ ।

‘कृषकलाई पनि सहभागी बनाएर योगदानमा आधारित पेन्सन दिने व्यवस्था मिलाउन लागिएको हो, जसले जति बढी योगदान दिन्छ, उसले उति नै बढी पेन्सन पाउँछ,’ मन्त्री गजुरेलले भने । कृषकलाई पेन्सन आजको भोलि नै सम्भव नभए पनि केही वर्षभित्र लागू गरिछाड्ने उनको भनाइ छ ।
योगदान भन्नाले कृषि पेसाबाट भएको आम्दानीको हिस्सा हो, जुन कृषकले सरकारलाई करको रुपमा तिर्छन् । कृषकले तिर्ने रकममा थपेर सरकारले निर्माण गर्ने कोषलाई पेन्सन वितरणमा प्रयोग गर्ने नीति मन्त्रालयले लिएको हो । कति योगदान गर्नेले कति पेन्सन पाउँछन् भन्ने अहिले तय भएको छैन । यो कुरा कार्यविधिमा उल्लेख गरिने अधिकारी बताउँछन् ।
More about this news :  http://bit.ly/1SW6uvC

गरिब किसान को सेवा गर्ने कम्न्युस्ट हरुको बाहुल्य भएको नेपाल सरकार र सम्बन्धित निकायहरु
खै आदरणीय पनि कसरि भनौ ? सम्बोधन कसरि कुन नाताले गरौ नभन्दा पनि राम्रो नियतले कामगर्ने हरुको अपमान हुने ,  खैर गरिब किसानको तर्फबाट नमस्कार ।
 पेन्सन दिईदैछ  भनेर मिडिया बाजी किन ? पेन्सन,  त्यो पनि अर्को वर्ष?  सरासर यो सरकारको भोट फकाउने योजना हो भ्रमजाल फलेर किसानलाई फकाउने अर्को सुत्रपात भएको देखिन्छ।

कृषिप्रधान देशमा राजनीतिक दल चलाउन भत्ता , बिसिस्ट भनौदालाइ आजीव  सुबिधा तर देशको मेरुदण्ड किशानलाइ फकाउने , देखाउने योजना ल्यायो हाकिम टाउके मिलेर सब योजना झ्वाम किसानको हातमा केहि पर्दैन ।
के कृषि मन्त्रालय , पशु मन्त्रालयका हाकिम हरु तलब सुबिधा खाएर भुडी फ़ुलाउन बसेका  जिउदा परजीवी हुन् ? नाम किसानको काम आफ्नो दुनो र सरकारको राजनीतिलाइ सहहोग गर्ने नेता कार्यकर्ता भर्ति केन्द्रको रुपमा गर्ने ?
अन्न फल्छ भाउ कौडीमा बेच्नु पर्छ बजार छ दलालीले चलाउछ । किसानले  अब अनिकाल र दैबको भरोसामा फलेको बालीको कर सरकारलाइ तिर्ने ?  सरकारले के सुबिधा दिएको छ र गरिब किसान हरुलाई ?

कृषि पशु मन्त्रि महोदयहरु किसानलाई माछा दिने हैन माछा मार्न सिकाउ , सिंचाई , मल बिउ समयमा देउ , उनका उत्पादनको  बजार प्रबर्धन गर , प्राबिधिक सुबिधा देउ , स्वाबलम्बी तालिम देउ  किसानलाई ऋणमा दुबाएर सुकुम्बासी पार्ने योजना ले किशान डुबेका हुन् ।
- सरकार सक्छस भने किसानको आजीवन स्वास्थ्य बिमा गर

यहि हो किसान लाइ सहज ??
- बाली  लागाउने बेलामा मल बिउ अभाव गराउछौ
- बालि फलेपछि कौडीको भाउमा  दलाललाइ बेच्न बाध्य बनौअछौ  कारण जीवन गुजारा चल्नु पर्यो नि हैन ? हे सरकारी बिज्ञ हो सक्छौ भने मल ,बिउ , प्रबिधि देखि उसको फल्ने उत्पादनको सुरुमै भाउ दिएर बिमा सहित खेति गर्न प्रेरित गर नत्र कृषि मन्त्रालयको नाम  बन्द गरेर गरिब बढाउने मन्त्रालय राख ।

भएको जेथो राखेर झ्याप ऋण दियो अनि बास त्यहि ऋणको भारले भएको जग्गा जमिन स्वाहा हुन्छ एउटा तालिम र शिप  नभएको व्यक्तिलाई सिधै हातमा ऋण  दिएपछि को नतिजा यहि न हो ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More