February 7, 2016

'परिबर्तन आफैबाट सुरुगरौँ' भन्दै नयाँ शक्तिले जारिगरेको अभियन्ताले पालन गर्नुपर्ने ३० बुंदेआचार संहिता

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल दुई पटक विस्तार गरेर २४० सदस्यीय बनाएका छन् । शनिबार राजधानीको घोबिघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकबाट भट्टराईले २४० जनै केन्द्रिय परिषद् सदस्यलाई सपथ समेत गराएका छन् । लामो समय कम्युनिष्ट राजनीतिमा होमिएपनि माक्सवादबिनैको नयाँ शक्ति गठन गरेका भट्टराईले नवनियुक्त परिषद् सदस्यहरुलाई पृथक शैलीमा सपथ गराएका थिए । बैठकको सुरुवात नै सपथ ग्रहणबाट हुँदा भट्टराईले परिषद् सदस्यको एकएक गरि नाम पढ्दै ३० बुँदे आचारसंहितामा हस्ताक्षर गर्न लगाएर सपथ खुवाएका थिए । ‘म नयाँ शक्ति नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु । यसका लागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिबद्ध छुु’ भन्ने उल्लेख सँगै ३० बुँदे आचारसंहिता क्रमबद्व राखिएको थियो । उक्त आचारसंहितामा प्रतिबद्धता जनाउन लगाउँदै अन्तिममा सदस्यहरुलाई हस्ताक्षर गर्न लगाइएको थियो ।
उक्त आचारसंहितामा एतिहासिक राजनीतिक उपलब्धीको सम्मान गरिनुपर्ने, विश्वप्यापी मान्यताबाट निर्देशित भई नयाँ शक्ति अभियानमा लाग्नुपर्ने, राजनीतिक आचारण निष्ठाबाट परिलक्षित हुनुपर्ने, शान्त्पिूर्ण, सुशासन, पारदर्शिता र विधिको शासनप्रति प्रतिबद्व हुनुपर्ने, धर्म सम्प्रदाय र संस्कृपतको सम्मान गर्नुपर्ने, परिवर्तनको सुरुवात आफैंबाट गरिनुपर्ने, श्रमको सम्मान गरिनुपर्ने, राजनीति पेशा नभई सेवा हुनुपर्ने, फरक विचार सुन्न तयार हुनुपर्ने, बदलिन सिक्न र अगाडि बढ्न तयार हुनुपर्ने लगायत बुँदा छन् ।






0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More