January 20, 2016

प्रत्येक मानवले मनन गर्नुपर्ने गीता सार -दैनिक जीवनमा अत्यन्त उपयोगी

संसारका सचेत मानिसहरुभित्र पर्ने अर्बौ हिन्दुहरु र गैरहिन्दुले गिता अध्ययन गर्ने गरेका छन् ।
गिताको अन्तिम सारले मानव जाति र उसको जीवनबारे सही र सत्य बोलेको निचोडमा पुग्न सकिन्छ । विश्वमा जन्मिएका ऐतिहासिक भौतिकवादी दर्शनहरुसँग समेत गिताका अधिकांश प्रसंगहरु मेल खाने बताइन्छ । विश्वमा भौतिकवादी दर्शन जन्मनुभन्दा हज्जारौ वर्ष अगाडि लेखिएको गिताले मानव जीवन र यसको बारेमा लेखेका प्रसंगहरुले निकै ठूलो अर्थ राख्ने दार्शानिकहरुले बताउँदै आएका छन् । यस महत्वपूर्ण आध्यात्मिक दर्शनको संक्षिप्त सार 
गिताको अन्तिम सारले मानव जीवनप्रति भनेको छ :

जे भयो ठिक भयो । जे भइरहेको छ, ठिक भैरहेको छ । पछि जे होला त्यो पनि ठिकै हुनेछ । तिमीले त्यस्तो के चिज गुमायौ र चिन्तित तुल्याएको छ । जे पायौं यही धर्तीबाट पायौ ।

जे गुमायौ यही धर्तीलाई सुम्पिदियौ । विगतलाई सम्झी पछुतो नगर । भविष्यको चिन्ता पनि नगर । वर्तमान चलिरहेको छ । तिमीले आज जे तिम्रो ठानेका छौ, हिजो अरु कसैको थियो । भोली फेरि अरुकै हुन पनि सक्छ ।
किन तिमी कसैको डर मान्छौ, कसैले तिमीलाई मार्न सक्दैन । जसलाई तिमी मृत्यु ठान्छौ, त्यो त केवल पञ्चतत्वको देन पञ्चतत्वमै विश्राम मात्र हो । आत्माले न जन्म लिन्छ न त मर्छ नै ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More