January 16, 2016

अब नेपाली आफ्नै लागि बहादुर बन्नु पर्छ - बाबुराम


पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालीहरु अब अरुका लागि नभइ आफ्ना लागि बहादुर बन्ने दिन आएको बताएका छन् । 
‘सम्भव छ नेपाल’ नामक संस्थाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले वैज्ञानिक सोच लिएर आगाडि बढ्नुपर्ने बताउँदै अरुको लागि मात्र बहादुर बन्ने नभई आफ्ना लागि पनि नेपाली बहादुर बन्नुपर्ने समय आएको बताएका हुन् । 
उनले अबको राज्यको प्रमुख एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताँउदै अबको १० वर्ष आर्थिक समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । 
'हामीसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवीय ऊर्जा छ', उनले भने, 'यसलाई उपयोग गर्न सम्पूर्ण राजनीतिक दलको एजेन्डामा आर्थिक समृद्धिले प्रमुख स्थान पाउनुपर्छ ।' 
उनले राज्य व्यवस्था र नेतृत्व ठीक नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै नेतृत्व ठीक नभए अरु जति राम्रा गुण भएपनि देशले उन्नति गर्न नसक्ने उल्लेख गरे । 
उनले सकारात्मक सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै बेइमानी र भष्ट्राचारलाई प्रोत्साहन गर्ने बानीमा सुधार ल्याउनुपर्ने बताए । 
‘सम्भव छ नेपाल’का अध्यक्ष शङ्करकुमार प्रधानले युवाका लागि नेपालमै बसेर काम गर्नसक्ने वातावरण सिर्जना गर्न राजनीतिक दललाई आग्रह गरे । रासस 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More