January 20, 2016

२ लाख खर्चमा जापानी कम्पनीले भुकम्प निरोधि यस्तो घर बनाइदिने


काठमाडौं । मियामोतो इन्टरनेसनलले भूकम्प पीडितहरुका लागि सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको छ । इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एचकिट मियामोतोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उच्चतम प्रविधि अपनाएर कम लागतमा धेरै सुरक्षित घर बनाइदिन चाहेको बताए ।

उनले करिब दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय स्रोतबाट घर बनाउन आफ्नो कम्पनी तयार रहेको बताए । ‘हामीले भूकम्प पीडितहरुलाई सहयोग गरिरहेका निजी कम्पनी, अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायसँग समन्वय गरेर काम गर्न तयार छौं,’ पत्रकार सम्मेलनमा मियामोतोले भने । वैशाख १४ गते नेपाल आएका उनले आफूहरूले ट्रान्जिसन स्टिल स्ट्रक्चर सिस्टम विकास गरेको बताए ।
‘यो प्रविधि गाउँहरुमा स्थायी घर बनाउन प्रयोग गर्न सकिन्छ,’ स्ट्रकचरल इन्जिनियरसमेत रहेका मियामोतोले भने । उनले इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर यसलाई थप सुरक्षित र राम्रो बनाउन सकिने बताए । ‘नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ । तर पनि सुरक्षित र कम लागतमा निर्माण गर्ने तरिका छन्,’ मियामोतोले भने ।

मियामोतो इन्टरनेसनलले पहिलो शक्तिशाली भूकम्प गएको ४८ घन्टाभित्र अध्यनन गर्न तीन देशका विज्ञ पठाएको थियो । त्यो समूहले वित्तीय संरचना, स्कुल, अस्पताल तथा घर पूर्ण क्षति भएको र ध्वस्त भएका गाउँहरु ९० प्रतिशतसम्म चर्किएको ठहर गरेको छ । ‘विज्ञ समूहले क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरलाई कसरी भूकम्प प्रतिरोध, बलियो निर्माण र पुनःनिर्माण गर्ने भन्ने जानकारी दिएको छ,’ उनले भने, ‘राम्रो प्रविधिबाट बनाइएका इँटा र ढुंगाका जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने खतरनाक हुन सक्छ ।’ उनका अनुसार मियामोतो इन्टरनेसनलसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनःनिर्माणमा अनुभव छ ।

मियामोतोले सन् २०१० यता ४ लाख ३० हजार भवन निरीक्षण गरिसकेका छन् । त्यस्तै, १२ हजार घर पुनःनिर्माण गरिसकेका छन् । Japanese  Company Website : Click here



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More