January 16, 2016

मधेस आन्दोलनमा टाउको फुटाउने उपचार खर्च सरकारले नै भर्ने

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दिल्ली उपचारमा लैजाने क्रममा हेलिकोप्टर भाडा मात्रै साढे दुई लाख रुपैयाँ खर्च भएको छ । महामन्त्री मनीष सुमनका अनुसार धरानबाट काठमाण्डु ल्याउँदा हेलिकोप्टरको भाडा तत्कालका लागि पार्टीले तिरेको हो । आन्दोलनमा घाइते कार्यकर्तालाई काठमाण्डुमा उपचार गराउँदा करिब ५० लाख रुपैयाँ खर्च भइसकेको आन्दोलनकारीले बताएका छन् । त्यसको विवरण गृहमन्त्रालयमा समेत पुगेको छ । तर, सरकारले रकम दिने–नदिने निश्चित भएको छैन । मोर्चाले आन्दोलनमा घाइते भएकामध्ये २९ जना गम्भीर घाइतेलाई काठमाण्डु ल्याएर उपचार गराएको हो । त्यसमध्ये दुईको मृत्यु भएको छ । चार जना बीर र त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने बाँकी उपचारपछि घर फर्किसकेका छन् । नयाँ पत्रिकाबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More