December 9, 2015

कालोबजारीमा ठगिनुभो ? यो नम्बरमा फोन गर्नुहोस्!


इन्धन तथा उपभोग्य बस्तुहरुमा तपाई कतै ठगिनुभयो भने, तपाईले अब सीधै काठमाडौं सीडीओ एकनारायण अर्याल तथा कार्यालयको टोलफ्रि नं.मा फोन गर्न सक्नु हुने छ। 
हालै जिल्ला प्रशासन कार्यालयले अनुसन्धान टोली गठन गरेको र सो टोलीले ठगीका केसहरु संकलन गर्दै ठगी नियन्त्रणका लागि व्यापक पहल गरेको जानकारी दिँदै अर्यालले आफ्नो फोन नं. ९८५१२०७७७७ मा सम्पर्क गरेर ठगीको विवरण टिपाउन सक्ने जानकारी दिए। सेतोपाटीसित कुराकानी गर्दै अर्यालले कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय विभिन्न निकायको सहयोगमा सक्रिय भएर लागेको स्पष्ट पारे। 
त्यस्तै प्रशासनको टोल फ्री नं. १६६००१६०६०६ मा पनि आफू ठगी परेको विवरण जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ। प्रहरीको फोन नं. १०० मा डायल गरेर पनि ठगीका घटना टिपाउन सक्ने अर्यालले जानकारी दिए। 
पछिल्लो पटक ठगीका लागि प्रशासनले सक्रिय कदम चालेको जानकारी दिँदै उनले सचेत नागरिकको जिम्मेवारी पुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। यस्ता ठगीका विवरण टिपाउनेको नाम र विवरण गोप्य राखिने हुँदा निर्वाध ढंगले विवरण टिपाउन सक्ने उनले बताए। ‘दैनिक उपभोग्य सामान दाल, चामल, चिउरा, तेलदेखि डिजेल, पेट्रोल, ग्यास लगायत जे कुरामा उपभोक्ता ठगिनुभएको छ ति सबैमा हामीले जानकारी आउनासाथ अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँछौँ’ अर्यालले भने।  
टिपिएको ठगीको विवरणका आधारमा छानविन गरी दोषीमाथि कडा कारबाही गरिने उनले स्पष्ट पारे। 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More