December 25, 2015

भारतको नाकाबन्दीले गराएको उपलब्धि चीन र नेपाल बीच ८ बुंदे सम्झौता -इन्धन, निर्माणर यातायातमा सहयोग गर्ने


नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेसहितका ८ बुँदे सहमति भएको छ ।
नेपाल र चीनबीच भएको ८ बुँदे सम्झौता
१. आपसी उच्चस्तरिय आदानप्रदानलाई निरन्तरता दिँदै जाने सहमति दुवै पक्षबीच भएको छ । चीनले नेपालका प्रधानमन्त्री के.पी.ओलीलाई आगामी वर्ष अनुकूल समयमा चीनको भ्रमण गर्न स्वागत गरेको छ र चिनियाँ नेताले नेपालको भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छ
२. नेपालमा प्रकोपपछिको पुनर्निर्माणलाई तीव्र पार्न दुवै पक्षले मतैक्यता हासिल गरेका छन् । अरनिको राजमार्गको मर्मत-सम्भार तथा पुनः संचालनमा ल्याउन प्राथमिकता दिइनेछ ।

३. आपसी व्यापार तथा लगानी सहयोगको प्रबर्द्धन गरिने छ । चीनले आवश्यक शर्त सिर्जना गरेर नेपाली उत्पादित वस्तुलाई सकेसम्म भित्र्याउने छ। साथै नेपालको आफ्नो विकास रणनीति वमोजिम, नेपालको अवस्था अनुकूल औद्योगिक प्रणालीको स्थापना गर्न चीनले सहयोग गर्ने छ ।

४. दुई देशका व्यवसायीहरु बीच पेट्रोल तथा ग्याँसको दीर्घकालीन व्यापार गर्न प्रोत्साहन गरिने छ । दीर्घकालीन दृष्टिकोणबाट हेरेर नेपालमा ऊर्जा अभाव समस्याको समाधान गर्ने उपायबारे नेपालसँग छलफल गर्ने इच्छा चीनले राखेको छ ।

५. अन्तर्देशीय व्यापारको लागि अझ धेरै सुविधा प्रदान गर्ने सहमति जनाइएको छ । वर्तमान नाकालाई पुनः प्रयोगमा ल्याउने आधारमा निश्चित भैसकेका अन्य नाका छिटो खुलाइनेछ । साथै अन्तर्देशीय व्यापार तथा सहयोग गर्ने सम्भावनाको पनि विश्लेषण गरिने छ ।

६. व्यापारिक प्रयोगको लागि सीमा पार ढुवानी सन्धिमा हस्ताक्षर गर्न दुवै पक्षले सक्रियताका साथ अनुसन्धान गर्ने छन् ।

७. स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनाको अध्ययनलाई चाँडै नै शुरु गरिने छ ।

८. मानवीय आदानप्रदानलाई वृद्धि गरिने छ। भूकम्पका कारण चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा जारी गरिएको सतर्कता हटाइएको छ । हालसम्म सो अवस्थामा सुधार भैसकेको छ र चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर भैसकेको छ । आजैदेखि चीनको कन्सुलर सेवा वेभसाइटमा भूकम्पको कारण चिनियाँ नागरिक नेपालको भ्रमण गर्ने सुरक्षा सुझावलाई खुकुलो पारिएको छ । यो नै चिनियाँ नागरिकले गर्ने नेपाल भ्रमण सामान्यीकरण भएको प्रतीक पनि मानिनेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More