December 21, 2015

एमालेद्वारा राज्यलक्ष्मी गोल्छालाइ सम्मान-७ करोडमा सभासद बेचेको पुस्टि गरेको हो?


७ करोडमा सभासदपद किन्नुहोस यसरि थप सम्मान पनि पाउनुहोस यस्तै हो यो एमालेको नया बिज्ञापन वा दिन खोजिएको संदेश राज्यलक्ष्मी गोल्छालाइ पुरस्कृत गरेर ?
 गोल्छाले सभासदपद किन्न ७ करोड लगानि गरेको , कसकसलाइ कतिदिएको नाम सहित सार्बजनिक गरेकि थिइन । 
एक पुराना एमाले केन्द्रिय नेता नाम नभन्ने सर्तमा भन्छन एमाले भन्ने पार्टीले पुरै नांगियो - १२ मास सत्तामा , भ्रस्ट जति सधैं पुरस्कृत - मरेर लाग्ने कार्यकर्तालाइ झोला बोक्ने मै सिमित गर्यो एमाले भनेर मरिमेट्ने तल्लो स्तरका जनताको घोर अपमान भयो । 
समानुपातिक सभासद पद बेच्न कुनैपनि पार्टीले बाँकि त राखेका छैनन् तर २०४६ पछि सबै प्रकारका गठबन्धन बनाउदै निरन्तर सत्तामा रहेको, पाको मध्यको प्रधानमन्त्री , रास्ट्रपति दुवै पद लिएर मुलुक हाँकेको पार्टीको रवैयाले भ्रस्टाचारको खण्डन नगरी खुल्ला रुपले संस्थापननै गर्न तिर लाग्नुले पुराना दलहरुको औचित्य समाप्त भएको संकेत गर्दछ ।

कान्तिपुर दैनिकको समाचार जस्ताकोतस्तै हेरौँ 
एमालेका नेतालाई सात करोड रुपैया बाँडेको सार्वजनिक गरेपछि एकाएक विवादमा तानिएकी सांसद् राज्यलक्ष्मी गोल्छालाई सोमबार एमालेले सम्मानित गरेको छ । पार्टीको सुनसरी जिल्ला परिषद् उद्घाटनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाट उनी सम्मानित भएकी हुन् ।

एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिकमा सभासद् बनाएको थियो । तर, संविधान निर्माण प्रकृयामा सहभागी नभएको र प्रधानमन्त्रीका लागि भएको मतदानमा अनुपस्थित रहेको भन्दै एमालले सभासदबाट राजीनामा दिन दबाब दिएपछि उनले एमालेलाई सात करोड रुपैयाँ सहयोग गरेको विराटनगरस्थित गोल्छा हाउसमा पत्रकार सम्मेलन गरी सात करोड दिएको दोहोर्याएकी थिइन् ।

गोल्छाले कुनै पनि हालतमा राजीनामा नगर्ने बताएकी थिइन् । स्पष्टीकरणको मौका समेत नदिइ अनावश्यक रुपमा पार्टीका नेता गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदिप ज्ञवालीलगायतले पटक–पटक फोन गरेर राजीनामा दिन ‘र्टचर’ गरेको उनले आरोप लगाएकी थिइन् । सभासद् बन्न ५ करोड दिएको र भूकम्पका बेला पनि पार्टीलाई सहयोग गरेको उनले बताएकी थिइन् । उनले एमाले केन्द्रिय नेताहरुको नामै किटेर रकम दिएको खुलासा गरेकी थिइन् ।
तस्बिर ,समाचार श्रोत कन्तिपुर् दैनिक

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More