December 15, 2015

पद र प्रतिष्ठाका भोका प्रचण्ड, ओली र सुशीलले ब्यग्तिगत स्वार्थका लागि देश र जनतालाई बन्धकी राखे- बाबुराम भट्टराई


भैरहवामा भेला भएका उद्यमी व्यवसायीहरुलाई सम्बोधन गर्दै नेता बाबुराम भट्टराईले भने– यो दुर क्षितिजमा आधिवेहरी आउदै गरेको मैले मेरो आँखाले देखेको थिए तर आफूलाई अत्यन्तै जान्ने बुझ्नेहरुको हठको कारण म बाध्य भएर नयां शक्ति निर्माणमा लाग्नु पर्यो । अहिले अर्थतन्त्र थला परेको छ । अहिले जुन अवस्थामा छ त्यो माथि उठ्न दशकौं लाग्न सक्छ । 

हाम्रै अदुरदर्शिता र केही मान्छेका कारण अर्थतन्त्र थला थला परेको हो । नाकाबन्दीको कारण पहाड तराई आक्रान्त भएको छ । हाम्रा नेताहरुमा अदुरदर्शिता रहेछ भन्ने यो पछिल्लो प्रमाण हो । संविधान जारी गर्ने बेलामा सामन्य विषयलाई सम्बोधन नगरी हठ गर्दा यस्तो भएको हो ।’
बाबुरामको यो भनाईबाट भारतले लगाउने नाकाबन्दीबारे उनलाई पहिला नै थाहा भएको प्रष्ट हुन्छ । आफ्नो सम्बोधनमा बारम्बार चार नेताकै हठ भनेर भनिरहेका भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कांग्रेस, एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारलाई संकेत गरेका थिए । 
नेता भट्टराईले ३ वटा शासकहरुको स्वार्थको कारण आज मुलुकमा द्वन्द्व सृजना भएको समेत बताए । भट्टराईले दिल्ली, काठमाण्डौं र क्षेत्रीयतावादीहरुको द्वन्द्व लम्बिदै गए मुलुक प्रतिगमन तर्फ फर्किन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । उनले अहिलेको समस्याको निराकरण नेताहरु सच्चिएर जायज माग पुरा गर्न लाग्नुपर्दछ । क्षेत्रियतावादी सोच भएका नेताहरु समग्र देशको नेता बन्न कोसीस गर्नुपर्दछ र दिल्लीले दुरगामी असर पार्नेगरी लहडमा लागेर समग्र नेपाललाई नै समस्या पार्नेगरी कदम चाल्नु हुदैंन ।
नेता भट्टराईले मुलुक संघियताबाट पछाडी कदापी हट्न नसक्ने जनाउदैं आर्थिक विकास सहितको राजनितीक परिवर्तन भएमा मुलुक १५ वर्षमा गरिबी मुक्त र ४० वर्षमा समृद्ध हुने विश्वासका साथ नयां शक्तिमा लागेको जनाए । उनले नयां शक्तिमा ४० प्रतिशत पुराना पार्टिका र ६० प्रतिशत उद्यमी, व्यवसायी र स्वतन्त्र व्यक्तिहरु हुने पनि जनाए ।
भारतका नजिकका पात्र भनेर चिनीने भट्टराईले मुलुकको हितलाई ध्यानमा राख्दै छिमेकीसंग सम्बन्ध नजिक र टाढा राख्नुपर्नेमा जोड दिए । नेता भट्टराईले भारतको लगानी भित्रयाएर नेपाललाई अन्तरनिर्भरता बनाउनुपर्ने बताउदैं भने “भारत र चीन जस्ता उदयमान अर्थतन्त्र भएका मुलुकको लगानी भित्राएर अन्तरनिर्भरता बढाउनुपर्छ । त्यसो भयो भने उनीहरुकै लगानी भएको ठाउँमा उनीहरुले नाकाबन्दी नै गर्दैनन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More