December 1, 2015

संसदमा नाटक भारतिय राजदुतलाई फिर्ता गर भन्ने बाम अतिबादी र कायम गर भन्ने मधेशीखतिबादी

बैदेशिक मामिला चलाउने कुटनीतिक मर्यादा , प्रक्रिया हुदो हो ? हाम्रा २ कौडीका सभासद मिडिया मा हिरो बन्न जे पायो त्यहि बोल्छन । अस्ति एउटा अर्धले राजदुत देश निकाला गर भन्यो आज संसद भवन मा फेरी बिदेशी नागरिकलाइ बदमासी गरेपनि एउटा कानुनी परिधिबाट उपचार खोज्ने हों नि । मुलुकको छवी बिग्रिने गरि टपरटुइया शैलीमा  देश निकाला गर , निकाला नगर भन्ने हरु या त देशको भलो नचाहने हराम हुन् या त गुलाम हुन् ।यस्तै जे पायो तेइ बोल्ने गर्नेले गर्दा हो जनताले दुख पाउनु परेको ।

नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद बैठकमै भारतीय राजदूत रञ्जित रेविरुद्ध नाराबाजी गरिरहेका छन् । सांसद प्रेम सुवाल र अनुराधा थापामगरले संसदमा राजदूत रेविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए ।
आजको संसद बैठकमा नेमकिपाका सांसदले भारतीय हस्तक्षपविरुद्ध र मधेसी मोर्चाका सांसदले मोर्चाको माग पूरा हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुख ओनसरी घर्तीले कांग्रेस सभासद फर्मुल्लाह मन्सुरलाई बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आवद्ध सांसद र नेमकिपाका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
संसद बैठक स्थगित
बैठक सुरु हुनेवित्तिकै नाराबाजी भएपछि सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित भएको घोषणा गरेकी थिइन् । नेमकिपा र मोर्चाको नाराबाजी करिब आधा घण्टा चलेको थियो । संसद बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More