November 10, 2015

सुरु भयो बाबुरामको नयाँ शक्ति गठन

नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सघाउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ ।

मंगलबार भएका छुट्टाछुट्टै भेलाले गोवर्धन श्रेष्ठको संयोजकत्वमा गोरखा नगरसमिति र अशोक देवकोटाको संयोजकत्वमा पालुङटार नगरसमिति गठन गरिएको हो । गोरखा नगर समितिमा १५१ सदस्य छन् । पालुङटार नगरसमितिमा ५१ जना सदस्य रहेको नयाँ शक्ति अभियानका गोरखास्थित नेता रमेश पोखरेलले बताए ।
त्यस्तै, पालुङटारमा १३५ सदस्यीय नयाँ शक्ति अभियान टोलीसमेत गठन भएको छ । दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा केन्द्रीय अभियन्ता महेन्द्र श्रेष्ठ, जिल्लाका अगुवा रमेश पोखरेल लगायतको उपस्थिति थियो ।
त्यस्तै, गोरखा नगरपालिकाको भेलामा केन्द्रीय अभियन्ता रमेश सिग्देल, जिल्ला नेता ज्ञानेन्द्र कुमाल लगायतको सहभागितामा नयाँ शक्ति गठन गरिएको हो । गाउँगाउँमा भेला निरन्तर रहने र नयाँ शक्ति अभियानलाई निरन्तरता दिइने पोखरेलले बताएका छन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More