November 25, 2015

१५ जिल्ला भारतले नेपालबाट खोस्नु पर्ने मोदीको पार्टीको एक सांसदले भुक्यो- यिनकोनियत प्रस्ट हुदैँ

भारतको सत्तारुढ दल ‘भारतीय जनता पार्टी’ (भाजपा) का एक सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने बताएका छन्। भाजपाका सांसद कीर्ति आजादले मंगलबार भारतको दरभंगामा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखेको भारतीय पत्रिका दैनिक जागरणमा खबर छापिएको छ।
पूर्व क्रिकेट खेलाडीसमेत रहेका उनले नेपालले १५ वटा जिल्ला भारतलाई ‘फिर्ता दिनुपर्ने’ भन्दै  ती जिल्ला अंग्रेजले नेपाललाई दिएका दाबी गरेका छन्। ‘अंग्रेज शासन अन्त्य भएपछि ती जिल्लालाई भारतमा फर्काउन कसैले पहल नगरेको उनको भनाई छ ।

‘अंग्रेजले भारतको हिस्सा रहेका यी जिल्ला नेपाललाई दिएको थियो,’ उनले भनेका छन्।
सांसद आजादले संसदमा आफूले यसबारे कुरा उठाउने पनि बताएका छन् । अंग्रेजले नेपाललाई दिएका ती जिल्ला फिर्ता गराउनका लागि आफूले पहल गर्ने बताउँदै उनले भनेका छन्, ‘नेपालले ती जिल्ला भारतलाई फिर्ता दिएन भने खोस्नु पर्दछ ।’ उनले यसका लागि अब लडाइ लड्ने पनि बताएका छन्।
‘यसबारेमा म संसदमा कुरा उठडाउँछु। माग गर्दा नेपालले उक्त जिल्ला नदिए खोसेर भएपनि लिनेछौ,’ कीर्ति आजादले भने।
उनलले नेपालमा जारी मधेस आन्दोलनमा मधेसीको माग पुरा गर्नुपर्ने माग पनि गरेका छन्। दरभंगा एजेन्सी उदृत गर्दै सेतोपाटी लेख्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More