November 15, 2015

लण्डनमा नेपालीको पहुँच देखेर ब्रिटिस सरकारसंग भएको सुगौली सन्धि उल्ट्याउने डरलेजास्जुसहरुलाई रिपोर्ट तयार गर्न मोदीको आदेश

सुगौली सन्धि ब्रिटिस इस्टइंडिया  कम्पनिसंग भएको र टिस्टा देखि कांगडा सम्मको ग्रेटर नेपालको हिसाब नेपालिले  ब्रिटिस सरकारसंग खोज्ने अधिकार जीवित रहेको तथ्य इतिहास जिउदो छ । यसै हप्ता नेपालीहरुले बेलायतको साम्सद भवन अगाडी मोदीलाई नाकाबन्दी बिरोधमा  गरेको प्रदर्सनले भारतीय जस्जुस र मोदी प्रसासन झस्किएको तथ्य इन्डियन एक्सप्रेसले खुलासा गरेको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले लण्डनस्थित आफ्नो दूताबासलाई नेपालीहरुले गरेको प्रदर्शनबारे रिपोर्ट तयार पार्न निर्देशन दिएको छ ।


भारतीय प्रधानमन्त्री मोदी बेलायत पुगेर प्रधानमन्त्री डेभिड क्यामरूनसँग वार्ता गरिरहेकै बेला नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।  मोदी टेन डाउनिङ स्ट्रिटबाट निस्कँदै गर्दा सात सय भन्दा बढी नेपालीहरुले नेपालमा हस्तक्षेप गरेको बिरोधमा प्लेकार्ड लिएर नाराबाजी गरेका थिए ।

नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप तथा नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन नेपालीहरुले प्रदर्शन गरेका थिए ।
भ्रमण टोलीमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलले नेपालीले गरेको प्रदर्शन र सहभागीबारे हेर्ने प्रयास गरेका थिए । जतिबेला नेपाली प्रदर्शनकारीहरुले ‘ब्याक अफ इण्डिया’ र ‘नाकाबन्दी हटाऊ’ जस्ता नारा लगाइरहेका थिए ।
भारतीय अधिकारीहरुले गुजरात घटना र शिखहरुको प्रदर्शन स्वभाविक भएको तर, नेपालीहरुको प्रदर्शनले आश्चर्यमा परेको बताएका छन् । नेपालीहरुको प्रदर्शनले हामी चकित भयौं, एक अधिकारीले भारतीय पत्रिका इण्डियन एक्सप्रेसलाई भनेका छन् ।
समाचारमा जनाइए अनुसार भारतीय प्रधानमन्त्रीको कार्यालयले बेलायती समाजमा नेपालीहरुको प्रभाव कसरी यतिधेरै भयो भन्नेबारे प्रतिबेदन तयार पार्न निर्देशन दिएको छ ।

टेन डाउनिङ स्ट्रिटमा प्रदर्शनमा उत्रिएकामध्ये सवैभन्दा ठूलो संख्या नेपालीको थियो । अा-अाफ्नो संस्थाको ब्यानर, टिसर्ट लगाएका नेपाली प्रदर्शनकारीहरू निकै संगठित देखिन्थे । नेपालीहरूको प्रदर्शन अपेक्षा नै नगरेका भारतीय अधिकारीहरू नेपालीको सवैभन्दा बलियो र प्रभावकारी उपस्थीति देखिएपछि अाश्चर्यमा परेका हुन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More