November 1, 2015

जनता भूकम्पले पालमा,नाकाबन्दीले अनिकालमा-रामबरण ,नेम्बाङ्ग,परमान्दहरु पद सकिएपनियति महँगो सरकारी सुविधामा?



हेर्नुस नेपाल र नेपालीलाई ठुलो योगदान गरेका यी महामहिमहरु चुपचाप लुरुक्क जनताको पसिना र खुनको तिरोको सरकारी सुबिधालिन तयार भएकाछन । यिनलाई देश र जनताको अहिलेको अवस्थाको अलिकतिपनि मायाहुँदो हो त सुबिधा नलिने घोसना गर्थिये होलान किनकि यी घरबार बिहिन हैनन् यिनको आफ्नै सम्पति र मजाले खनलगाउन पुग्ने सम्पति छ । हेर्नुस यिनलाई हाम्रो सरकारले केके सुबिधा दिन लगेछ दिनुपर्यो किनकि चाडै आफुले ओभन्दा धेरै लिन पाउने बाटो खोल्नु पर्यो देश र जनता को त नाम पो नेपालको राज्नितिहो ।
निबर्तमान महामहिमहरुको सुबिधाबारे नयापत्रिकाको खबर जस्ताकोतस्तै 
निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ । पूर्वराष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो । गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा. यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ । त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ । त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ । पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ । पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ । पूर्व विशिष्ट व्यक्तिको सुविधासम्बन्धी कानुन नभएकाले तीनजनाको सुविधाका लागि विशेष प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको गृहका एक अधिकारीले बताए । निवर्तमान राष्ट्रपति डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । बागडोलमा भाडाको घरमा उनी बस्नेछन् । सरकारले गत वर्ष विशिष्ट व्यक्तिको सुरक्षा तथा सुविधासम्बन्धी अध्यादेश पारित गरी कार्यान्वयन गरेको थियो । तर, पछि संसद्बाट अनुमोदन पनि भएन । अनुमोदनका लागि सरकारले संसद्मा दर्ता गरे पनि धेरै सुविधा दिन लागिएको भन्दै विवादमा परेपछि गृहमा फर्काइएको थियो । सोही अध्यादेशमै भएको प्रावधानअनुसार अहिले विशेष प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागिएको हो । निवर्तमान राष्ट्रपति डा. यादवले विभिन्न सुविधा मागेर प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेका थिए । उनले चार पन्ना लामो पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । उपराष्ट्रपति झाले भने पत्र लेखेका छैनन् । तर, आफ्नो सुविधाबारे गृहका अधिकारीहरूसँग पटक–पटक चासो व्यक्त गरेका छन् । झा भने सानेपास्थित एक अपार्टमेन्टमा सर्न लागेका छन् । गत साता मात्र उनले अपार्टमेन्ट खरिद गरेको स्रोत बताउँछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More