October 23, 2015

अब पासपोर्ट बनाउदा फारम भर्न,फोटो खिच्न दिनभरी लाइन बस्नु नपर्ने


सरकारले दसैंलगत्तै पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने भएको छ |राहदानी विभाग र विदेशमा रहेका आफ्ना नियोगमध्ये तत्काल ११ स्थानबाट पासपोर्ट आवेदनमा ‘लाइभ इनरोलमेन्ट प्रणाली’ लागू गर्ने निर्णय गरेको थियो । 

आवेदनकर्ता आफ्नो सक्कल नागरिकता र पुरानो पासपोर्ट लिएर लाइभ इनरोलमेन्ट केन्द्रमा पुगे सबै प्रक्रिया अघि बढ्ने उल्लेख छ ।
 यो प्रणाली लागू भएमा विभाग र ती नियोग रहेका मुलुकका नेपालीले फाराम भरेर लाइन बस्नुपर्दैन । 

यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फाराम पनि त्यहीं बसेर भर्ने र इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । 

ई–पासपोर्टमा जाने तयारीस्वरूप सरकारले यस्तो प्रक्रिया अघि बढाएको हो । 
पाँच वर्षभित्र सरकार ई–पासपोर्टमा जानुपर्ने हुन्छ ।  

भरिएको फाराम तत्काल राहदानी विभागमा पठाइनेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जाने हुनाले यसलाई छरितो र भरपर्दो प्रणालीको रूपमा लिइन्छ । 

यसका लागि पुरानो पासपोर्ट र नागरिकताको सक्कल लिएर दूतावास तथा विभाग गए पुग्छ । 

सरकारले यो प्रणाली २ वर्षदेखि लागू गर्ने प्रयास गरिरहेको थियो । दुई महिनाअघि सरकारले गरेको निर्णयअनुसार मलेसिया, साउदी अरब (रियाद र जेद्दाह), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा यो प्रणाली सुरु गरिनेछ कान्तिपुरमा समाचार छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More