October 26, 2015

एमालेलाई १५ करोड तिरेको -गोकर्ण बिस्टले १० लाख ऋषि पोख्रेलले गाडिनै, झलनाथले५करोड मागेकै हो-गोल्छाको अर्को खुलासा


सत्तारुद्ध नेकपा एमालेका समानुपातिक सभासद राज्यलक्ष्मी गोल्छाले पार्टीका बिभिन्न नेता, युवा संघ र भुकम्पका नाममा १५ करोड रूपैयाँ भन्दा बढी रकम आफूसँग असुलिएको खुलासा गरेकी छन्। उनले व्यक्तिगत, सभासद् कोष र पारिश्रमिकबापत सबैको रकम मिलाएर अहिलेसम्म १५ करोड रूपैयाँ भन्दा बढी आफूसँग लगिसकेको बताइन्। 
प्रधानमन्त्री निर्वाचनको दिन अनुपस्थित हुँदा पार्टीले सभासद्बाट राजिनामा गर्न दबाब दिइरहेको बेला गोल्छाले पार्टीका नेताहरुको नामै किटेर पैसा मागेको विवरण सार्वजनिक गरेकी हुन्। सोमवार विराटनगरस्थित गोल्छा हाउसमा पत्रकार सम्मेलन गर्दै सभासद गोल्छाले स्वास्थ्य उपचारका लागि नयाँदिल्ली पुगेकाले प्रंधानमन्त्री चुनावमा आफू सरिक हुन नसकेको बताइन्। 'मैले पार्टीका अध्यक्ष केपी शर्मा ओली र सचेतक अग्नि खरेललाई खवर गरेरै नयाँदिल्ली गएको थिए,' उनले भनिन्।

गोल्छाले पार्टी र पार्टीका नेता तथा युवा संघले आफूसँग लगेको रकमको फेहरिस्त सार्वजनिक गर्दा आफूलाई थ्रेटिङ कल आउने क्रम बढेको समेत बताइन्। उनले एमालेका बृन्द्रा हाडा, युवा संघका उपाध्यक्ष गोविन्द थापा, सभासद ऋषि पोखरेल, गोकर्ण विष्टले पटक–पटक फोन गरेर धम्क्याएको आरोप लगाइन्। 'गोकर्ण बिष्टले गुल्मीबाट चुनाव लड्दा मसँग पैसा मागे,' गोल्छाले भनिन्, 'उनको बुबा पनि त्यही बेला बित्नुभएको थियो, समस्या पर्योप भनेर मसँग पैसा मागे, मैले पठाइदिए।' उनका अनुसार आफ्नो नाममा आउने संसदीय विकास कोषको १० लाख रुपैयाँ एमालेका अर्का सभासद् पोखरेलले नै खर्च गरेको हो।
पोखरेलले त चुनाव जितेपछि गाडी नै मसँग मागे,' सभासद् गोल्छाले भनिन, 'तपाईँको गाडी दिनुपर्यो , अव म चढ्छु भनेर ऋषिले फोन गरे, मैले गाडी दिन्न मिल्दैन भने।' उनले आफूलाई पार्टीका सदस्यहरुले दिइरहेको बारम्बारको धम्कीबारे पार्टीका अध्यक्ष ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीलाई एसएमएस गरी जानकारी गराएको समेत बताइन्। 'तर, उहाँहरुले एसएमएसको रेस्पोन्स गर्नुभएको छैन,' उनले भनिन, 'अख्तियारबाट बोल्दै छु भनेर पनि पार्टीका नेताहरुले धम्क्याउने गरेको पनि छ।'

उनले महाभूकम्पको बेला युवा संघमार्फत् गरिएको सहयोगको सम्पूर्ण खर्च आफूसँग लगेको बताइन्। 'डाक्टर, खाध्यान्न, जस्तापाता, औषधी किन्नु छ भनेर मसँग पटक–पटक पैसा लगेको छ,' गोल्छाले भनिन्, 'पार्टीलाई यतिबिध्न सहयोग गरेपनि मलाई अपमानपूर्वक तरिकाले सभासद्बागट हटाउन मिल्दैन।' सभासद गोल्छाले भूकम्पको बेलामा आफूले गरेको सहयोगको हर-हिसाब माग्दा युवा संघले अझैसम्म नदिएको गुनासो गरिन्। 'मेरो अडिट रिर्पोटमा त्यो हिसाव-किताव देखाउनुपर्छ,' उनले भनिन्।

उनले एमालेका सचिव योगेश भट्टराईले पटक-पटक फोन गरेर सभासदबाट राजीनामा दिन आफूलाई दबाब दिइरहेको समेत बताइन्। 'स्पष्टीकरणको मौका नै नदिई मलाई सभासदबाट हटाउन मिल्दैन,' उनले भनिन्। उनले पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पाँच करोड रुपैयाँ मागेको समेत आरोप लगाइन्। युवा संघका परशुराम बस्नेतले कार्यक्रम छ भनेर पटक–पटक पैसा लगेको गोल्छाको भनाइ छ। उनले सभासद बनेयता पार्टीका विभिन्न नेता र युवा संघले ७ करोड रुपैयाँभन्दा बढी लगेको बताइन्।
नागरिक दैनिक लेख्छ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More