October 25, 2015

सुकुम्बासी खैरेले सुत्न नपाएर हाम्रो एअरपोर्टलाइ बिश्वको खराबीको प्रमाणपत्र दिने?

हुनत कसैले कमजोरी अउन्ल्याइदिनु  सुध्रिन सजिलो अवसर हो हो बेथिति हाम्रो मुलुकमा छ हामी मनका गरिब भयौं तर अरुले हामीलाई नचाहिने कुरामा नराम्रो भन्दा चित्त दुख्ने रहेछ । 
पत्रपत्रिकामा बिश्वको तेश्रो खराब एअरपोर्ट भनेछन् एसियाको त पहिलो खराब भनेर लिस्टमा हाल्देछ यो २-४ ओटा पागल खैरेले कमेन्ट गरेको आधारमा हाम्रो बेइजति गर्ने वेबसाइट लाइ उजुरी हालौं यसको आधार न कुनै भरपर्दो स्रोत छ न कतिजनाले के आधारमा भनेको भन्ने खुलाएको छ ?http://www.sleepinginairports.net/2015/worst-airports-asia.html
अरुसंग तुलना गर्ने खैरे ? हाम्रो देशको मुद्राको मुल्य कम छ हरेक सेवा सुबिधा खान , बस्न , सुत्न सस्तो पर्छ सस्तो सुविधा लिएर  बिश्वको नम्बर १ खोज्ने ?
गाइड टु स्ल्पिङ इन एयरपोर्टले हचुवा अनुसन्धानका आधारमा सन् २०१५ का सबैभन्दा नराम्रो अवस्थामा रहेका  १० एयरपोर्टहरुको सूची जारी गरेको छ। यात्रुहरुको प्रतिक्रियाका अाधारमा यो सूची तयार पारिएको हो।
 यो सूचीको पहिलो स्थानमा नाइजेरियाको पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट परेको छ भने नेपालको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो स्थानमा परेको छ। 
१. पोर्ट हारकोर्ट इन्टरनेसनल एयरपोर्ट, नाइजेरियाः
फोहोर स्थान, असहयोगी कर्मचारीहरु, बस्ने स्थानको कमी, विग्रिएका एसीहरु जस्ता विविध नकारात्मक कुराहरुको कारण नाइजेरियाको यो एयरपोर्ट विश्वकै नराम्रो एयरपोर्टको रुपमा रहेको हो। यहाँको अराइभल  हल पनि एक टेन्ट भित्र रहेको छ जसको धेरैले गुनासो गरेका छन्। यसका साथै यहाँ भ्रष्टाचार पनि अत्यधिक छ।
२. जेद्दाह किङ्ग अब्दुल अजीज इन्टरनेसनल एयरपोर्ट, साउदी अरबः
यो एयरपोर्टको धुम्रपान निषेधित क्षेत्रमा पनि मानिसहरुले धुम्रपान गर्छन्। त्यस्तै दुर्गन्धित शौचालयको गन्ध बाहिरसम्म फैलिएको छ। 
३. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट, काठमाडौँः
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको गत वर्ष पनि धेरै आलोचना भएको थियो। गत वैशाखमा आएको भूकम्पका कारण यसको अवस्था झनै विग्रेको छ। विग्रेको धावनमार्गदेखि लिएर, फोहोर र यात्रुहरुले भोग्नुपरेका समस्याका कारण काठमाडौँको यो एयरपोर्ट विश्वका नराम्रा एयरपोर्टहरुको सूचीमा तेस्रो स्थानमा परेको छ। 
४. ताशकन्द इन्टरनेसनल एयरपोर्ट, उज्बेकिस्तानः
हालै यो एयरपोर्टमा थुप्रै सुधारहरु गरिएपनि बाहिर निस्कने स्थानमा हुने लामो लाइन र भिडका कारण यो एयरपोर्ट खराब एयरपोर्टको चौथो स्थानमा परेको छ। यहाँ भागदौडमा भिड धेरै आक्रमक हुने गर्छ। 
५. साइमन बोलिवर इन्टरनेसनल एयरपोर्ट, भेनेजुएलाः
अनुसन्धानका अनुसार यो एयरपोर्टमा प्रायः भागदौड मच्चिरहेको हुन्छ। त्यस्तै यो एयरपोर्ट कम आरामदायी र फोहोर पनि छ। बस्नका लागि पर्याप्त कुर्सीहरु नहुनु, शौचालय राम्रो नहुनु र यात्रुका लागि राम्रो खानपीनको व्यवस्था नहुनाले यो एयरपोर्ट नराम्रो एयरपोर्टहरुको सूचीमा परेको छ। 
६. टाउसेन्ट लोभर्चर इन्टरनेसनल एयरपोर्ट, हाइटीः
उग्र गर्मी, बस्ने स्थानको कमी, अविश्वासिला कर्मचारी र अन्य विविध नकारात्मक प्रतिक्रियाका कारण यो एयरपोर्ट नराम्रा एयरपोर्टको सूचीमा परेको हो।
७. हामिख करजइ इन्टरनेसनल एयरपोर्ट, अफगानिस्तानः
नराम्रो अवस्थमा रहेको यो एयरपोर्टमा गत वर्ष केही सुधार गरिएपनि सरसफाइ, आरामदायी सुविधाहरु नभएको र कर्मचारीहरु गैरजिम्मेवारी भएका कारण अझै पनि यात्रुहरुले यसको गुनासो गरेका छन्।
८. तान सन नहाट इन्टरनेसनल एयरपोर्ट, भियतनामः
अनुसन्धानमा सामेल भएका धेरै मानिसहरुले यो एयरपोर्टमा गडबढी हुने आरोप लगाएका छन्। अनुसन्धानकर्ताले एयरपोर्टसँग यसबारे सोधपुछ गर्न खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ। फोहोर शौचालय, वाइफाइको नराम्रो सिग्नल जस्ता अन्य सानातिना गुनासो पनि यात्रुहरुले गरेका छन्।
९. बेनेजीर भुट्टो इन्टरनेसनल एयरपोर्ट, पाकिस्तानः
सन् २०१४ मा सबैभन्दा नराम्रो एयरपोर्टको नम्बर एक स्थानमा परेको यो एयरपोर्ट यसपटक नवौँ स्थानमा परेको छ। विगत एक वर्षमा यो एयरपोर्टमा धेरै सुधार गरिएको भएपनि आलोचकहरुले यहाँ सरसफाइको कमी, भिडभाड र कर्मचारीहरुमा आफन्तवाद भएको बताएका छन्। 
१०. बिवे टाइली इन्टरनेसनल एयरपोर्ट, पेरिसः
बस्ने स्थानको कमी, शौचालय थोरै र फोहोर भएको प्रतिक्रियाका कारण  यो विश्वका नराम्रा एयरपोर्टहरुको सूचीमा परेको हो।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More