October 24, 2015

१० लाख लिटर तेल चीनले केरुङ्गनाका बाट पठाउदै-भारतलाइ चर्को दबाब नाकाबन्दी चाडैहटाउने संकेत


भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले १० लाख लिटर तेल पठाउन लागेको छ ।
चीनले अनुदान सहयोगस्वरुप  १० लाख लिटर तेल केरुँग नाकाबाट मंगलवार नेपाल पठाउने तयारी गरिरहेको वाणिज्य आपूर्ति मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यस विषयमा सम्झौता गर्न अाइतबार  अर्थ मन्त्रालय ,वाणिज्य आपूर्ति र परराष्ट्र मन्त्रालयको एक सरकारी टोली चीन जान लागेको छ । चीनले पठाउन लागेको इन्धन पेट्रोल मात्र हो भने त्यसले काठमाडौं उपत्यकालाई ३ दिन मात्र धान्छ ।

सत्ता साझेदार दल एनेकपा माओवादीको अगुवाइमा चीनबाट पेट्रोलियम लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भइसकेको छ । भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका चिनियाँ र नेपाली अधिकारीको प्रयासमा केही दिनअघि खोलिएको थियो ।
नाका खुलेकै दिन फेरि पहिरोले बन्द भएको केरुङ नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् । सेतोपाटी लेख्छ कुरो कति सत्य हो पर्खन पर्ने भो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More