October 19, 2015

नेपालमै पेट्रोल बनाइ मोटर साइकल चलाएर नेपाली युवाले नाकाबन्दिलाइ चुनौती दिए


भर्खरै दाङको निजी कलेज दीपशीखाबाट १२ कक्षा उत्तीर्ण गरेका किशोर मार्शल रोकाले सल्लाको खोटोलाई घरेलु विधिबाटै प्रशोधन गरेर यस्तो तेल बनाएका हुन् । त्यही तेलबाट उनले आफूले त मोटरसाइकल चलाइरहेका छन् नै आफ्ना साथी भाइहरुलाई पेट्रोलको विकल्प पनि दिएका छन् । उनी घोराही निवासी हुन् । 
 
अहिले उनीसँग सल्लाको त्यो पेट्रोल माग्नेहरु धेरै भइसकेका छन् । उनका अनुसार सल्लाको खोटो जम्मा गरेर त्यसलाई वास्पीकरण प्रविधिबाट पेट्रोल बनाउन सकिन्छ । त्यसमा चिनी बनाउन र जुस बनाउन प्रयोग गरिएको उखुको छोक्रालाई पनि उमालेर त्यही प्रक्रियाबाट मिसाएर पेट्रोलकै शक्ति दिने इन्धन तयार हुन्छ ।
यसले गाडीको इन्जिनलाई कुनै असर गर्दैन, त्यसको निश्चित मात्रा हुन्छ, हामीले त्यसलाई मेन्टेन्ट गरेका हुन्छौँ’ उनले भने ‘माइलेज पनि पेट्रोलको भन्दा १५ प्रतिशतभन्दा बढी हुन्छ ।’ उनका अनुसार साधारण पेट्रोल भन्दा यसको मूल्य पनि सस्तो पर्छ । ‘घरमा रक्सी बनाएको विधिजस्तै हो, सल्लाको खोटोलाई वास्पीकरण विधिबाट हामीले तेल बनाउँछौँ, त्यसमा अरु केमिकल केहीमात्रामा हुन्छ, त्यो पनि स्थानीय कच्चापदार्थ नै हो 

दाङको पहाडी गाविस, सल्यान, रोल्पा, प्यूठान र रुकुमलगायतका जिल्लाहरुबाट वर्षेनी करोडौंको सल्लाको खोटो संकलन भएर बाहिर निर्यात हुन्छ । त्यसैले पनि कच्चा पदार्थको यहाँ त्यत्ति असहज हुँदैन । विज्ञान पढेका आफ्ना साथीहरुको समूह बनाएर उनले घरैमा विभिन्न प्रविधि पनि बनाइसकेका छन् । 
 
‘सरकारले अनुमति दियो भने हामीले घरेलु सामग्री र त्यही बिधिबाट हप्तामा २५ हजार लिटर सल्लाको तेल बजारमा दिन सक्छौँ’ उनले भने ‘अझ त्यसमा पनि कच्चा पदार्थ भयो भने त अझ धेरै पनि दिन सकिन्छ ।’ उनका अनुसार यो पूर्णरुपमा जैविक इन्धन हो । 
 
जैविक ईन्धन सहित यसअघि उनी आफैंले विद्युतीय ब्रेथलाईजर, मेटल डिटेक्टर, बम डिस्पोजल मेसिनलगायतका ३७ बटा विद्युतीय आविष्कार गरिसकेका छन् । 
आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर उनले राज्यले आफूलाई प्रोत्साहित गरेमा इन्धनको विकल्प दिनसक्ने बताए । उनले आफ्नै वरिपरि भएका वनस्पतिहरुलाई प्रयोग गरेर इन्धनको अभाव विकल्प खोज्न सकिने  पनि बताए । 
 
त्यही बिधिबाट बनाइएको पेट्रोल हालेको मोटरसाइकल चलाएर आइतबार बिहान जिल्लाका प्रहरी प्रमुख एसपी कुबेर कडायत र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम घोराही बजार परिक्रम पनि गरेका थिए । अन्नपुर्णपोस्ट लेक्छ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More