July 27, 2015

डिभी र पिआर लिने कर्मचारीको सूची सार्वजनिक-list of government worker holding international citizen in Nepal

डिभी र पिआर लिने कर्मचारीको सूची सार्वजनिक भएको छ । जसमा सचिवदेखि उच्चतहका सरकारी अधिकारी रहेको तथ्य सार्वजनिक भएको हो ।
सोमबार अन्नपूर्ण दैनिकले प्रकाशित गरेको मुख्य समाचारअनुसार राज्यव्यवस्था समितिले गोप्य रुपमा राखिरहेको उक्त प्रतिवेदनमा अमेरिकाको ग्रीनकार्ड लिने सरकारी कर्मचारी धेरै छन् । अस्ट्रेलिया, न्युजिल्याण्ड र जर्मनीको स्थायी आवास अनुमति (पिआर) लिनेहरु पनि समेटिएका छन् ।
अन्नपूर्णको समाचारअनुसार सामान्य प्रशासन मन्त्रालयले बुझाएको सूचीअनुसार विदेशी ग्रीनकार्ड, डीभी र पीआर लिनेमा सबैभन्दा उच्च तहका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशी हुन् । संसदीय समितिमा भएको लिष्टमा उनको नाम १ नम्बरमा राखिएको छ । उनले जर्मनीको पीआर लिएको उल्लेख छ ।

त्यसैगरी हाल अर्थमन्त्रालयका राजश्व सचिव नवराज भण्डारीले अमेरिकाको ग्रीनकार्ड लिएको उल्लेख छ ।

यसेवातर्फका सहसचिव लक्ष्मण मैनालीले अमेरिकाको ग्रीनकार्ड, हाल गृहमन्त्रालयमा कार्यरत न्याय सेवाकै सहसचिव धनराज ज्ञवालीले अष्ट्रेलियाको पीआर लिएका छन् । त्यसैगरी निजामति कितावखानामा काम गरिसकेका उपसचिव बलदेव जोशीले न्यूजिल्याण्डको पीआर, राजश्व अनुसन्धान विभागका सहसचिव भरतराज सुवेदीले अष्ट्रेलियाको पीआर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरिसकेका प्रशासन सेवाका उपसचिव खेमराज निरौलाले अमेरिकाको ग्रीनकार्ड,न्याय सेवाअन्तर्गत कानून मन्त्रालयमा कार्यरत अधिकृत कृष्ण ज्ञवालीले अमेरिकाको ग्रीनकार्ड लिएको सरकारी विवरणमा उल्लेख छ।

त्यसैगरी बाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरिसकेका अधिकृत किरणप्रसाद आचार्यले अमेरिकाको ग्रीनकार्ड, डोलिडारका इन्जिनियर अधिकृत मनोज कणेलले अमेरिकाको ग्रीनकार्ड, अर्थमन्त्रालय अन्तर्गत भैरहवा भन्सारका प्रमुख लावण्य ढकालले अमेरिकाको ग्रीनकार्ड लिएको उल्लेख छ।

सो विवरणमा राष्ट्रिय सूचना आयोगमा सहसचिव भई काम गरेका चण्डी दाहाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको प्रमुख भन्सा अधिकृत पदमा कार्यरत योगेन्द्र ओझाले अमेरिकाको ग्रीनकार्ड लिएको उल्लेख गरिएको छ ।

लामो समयसम्म सरकारको उच्चतहमा बसेर काम गरेका पूर्वसचिवहरु त्रिलोचन उप्रेती,रामचन्द्र सिंह र माधवप्रसाद घिमिरेले पनि विदेशको स्थायी बसोबासको अनुमति लिएको पाइएको छ । सरकारी विवरणमा उप्रेती, सिंह र घिमिरेले कुन मुलुकको स्थायी बसोवासको अनुमति लिए भन्नेचाहिं खुलाइएको छैन।

उर्जा मन्त्रालयमा काम गरिसकेका सहसचिव किरण शर्माले अमेरिकाको ग्रिनकार्ड लिएको तर हाल त्यागेर बसेको विवरण सामान्य प्रशासन मन्त्रालयलाई बुझाएका छन् त्यसैगरी बरिष्ठ विउ विकास अधिकृत दुर्गाप्रसाद पन्थीले अमेरिकाको ग्रीनकार्ड लिएको जानकारी आफैंले मन्त्रालयलाई दिएका थिए। अाजको अन्नपूर्णमा चुडामणि भट्टराइले समाचार लेखेका छन् |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More