July 24, 2015

होलसेलमा अधिकाम्सले दिएको सुझाव-रद्दीको टोकरीमा जाला भन्ने आसंका

होलसेलमा अधिकाम्सले दिएको सुझाव यस्तो पाइयो अब यी मध्ये प्रत्यक्ष निर्वाचित कार्यकारी नहुने, हिन्दु राष्ट्र हैन धार्मिक स्वतन्त्रता भनेर यिनले सहमति ठोकीसकेको अवस्था छ बाकी सुझावको पोको औपचारिकता मात्र नहोस भन्ने सबैको चासो देखियो |
- धर्मनिरपेक्षता समबन्धमा हिन्दु धर्म नै कायम हुनुपर्ने
-सांसद, स्थानिय प्रतिनिधि देखि राष्ट्रपतिसम्मको शैक्षिक योग्यता तोक्नुपर्ने
-वडाध्यक्षदेखि कार्यकारी प्रमुखसम्म प्रत्यक्ष निर्वाचित गर्नुपर्ने
-प्रधानमन्त्री , रास्ट्रपति , मंत्रिहरुको उमेर हदबन्दी हुनुपर्ने, एक पटक भन्दा बढी हुन नपाइने
-खल्ती , खल्तीमा केन्द्रिय कार्यालय बोकेर हिड्ने दल जथाभावी खोल्न नपाइने थ्रेश होल्ड राख्नु पर्ने
- निर्वाचन संबिधानमा लेखेर आवधिक हुनुपर्ने दलहरुको स्वार्थ अनुसार नगर्ने , सार्ने व्यवस्था बन्द हुनुपर्ने
-संघियता अनुसारको स्थानीय संरचनाको खाका
-नागरिकता आमा वा बाबुका नामबाट वंशजको नागरिकता प्राप्ति हुनुपर्ने
-प्रदेशको संख्या , केन्द्र र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने
-बलात्कारीलाई मृत्युदण्ड
-भ्रष्टाचारी, घुसखोरीलाई आजीवन काराबास
यी मुद्दा समेटिए बेस नसमेटिए आउदो चुनावमा दललाई मसला
जति सुन्दर सब्द संबिधानमा कोरेपानी हामीले चुनेका नेताको नियत खराब , कर्न्वयन नहुने भएपनि स्वार्थ अनुसार भएपछि सक्किगोनि ?
हाम्ले २०४७ को बिश्वोको नमुना सबिधान देखेकै हो , चेंजो अब २०७२ को बिश्वका सबै उतक्रिस्ट चिज समेटिएको अर्को संबिधान ,
भो यो भन्दा बढी नेपालीले हेर्न नपरोस यहाँ समस्या संबिधान , कानुनको हैन नेताका नियत , सामन्ती संस्कार, उचित ब्यबस्थापन र हाम्रो चाइने कुरोमा चुप नचाइने कुरोमा फुरफुर प्रवृति हो |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More