May 8, 2015

राहतको नाममा कुहिएका खानेकुरा कसरी दिनेले दिन बाड्नेले बाड्न सकेको ? पिडितलाइमानिसको ब्यबहार गर!

भूकम्प पीडितकालागि ल्याइएका खाद्यान्नमा ढुसी फेला परेको छ। केही खाद्यान्न म्याद नाघेको भेटिएको छ। म्याङ्गो ड्रिकमा त किटाणु नै फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। उसले राहत संकलन हुने प्रमुख ठाउँहरू विमानस्थल, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ लगायत स्थानमा अनुगमनका क्रममा यस्तो फेला परेको हो। अनुगमनका क्रममा केही चाउचाउमा म्याद नाघेको र पाउरोटीको उपभोग्य म्याद सकेको फेला पर्यो। परौटामा ढुसी परेको भेटियो,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने। यस्तै, लुपाज ब्रान्डको म्याङ्गो ड्रिंकमा किटाणु भएको विभागले पुष्टि गरेको छ।
हिजोआज पशुलाई पनि राम्रो खान र लाउन पाउने अधिकार छ । पिडितको नाममा व्यापार गर्ने त छदैछन् । कुहिएका समान दिएर पिडितलाई सहयोग गरेको नाटक गर्ने अमानवहरुले गर्दा पिडितलाइ भुकम्पको भन्दा हैजा र रोगको खतरा बढ्यो । खाद्यपरिच्यन विभागले आफ्नो काम गरिरहेको भएपनि परिछन गर्न समय लाग्ने परिक्च्यन गर्ने समय भित्र खानेकुरा सिधै वितरण भै उपभोग  भएर जनधन को क्च्यती रोक्नु जरुरि छ ।
खाद्यान्न बाड्नुभन्दा पहिला खान लाएक छ छैन भनेर जाचगर्ने निकयको आत्तिमै अवस्यक्ता भयो सबन्धित पक्च्यको ध्यान जाओस ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More