May 19, 2015

#Sarita Giri Twit fire-मधेश प्रति हामिले गर्ने व्यवहार सच्चयाउ,माफि मागाै

काेहि छैन पराई भन्ने धारणालाई उच्च सम्मान गर्छु र म पनि यहि नै भन्छु ।मधेश कसैकाे विर्ता हैन। यसाे भनी रहादा मधेशी जनता माथि हामी पाहाडमा बस्ने हरुले गरेकाे अन्यायलाई कदापी विर्सन सकिन्न।

 तराई मुलकाे मान्छे लाग्ने बित्तिकै हामी उनिहरुलाइ हेप्न , दुर्ब्वहार गर्न कुनै कसर बाकी राख्दैनाै । याे मैले अाफ्नै अाखा सामुन्ने कयाै चाेटी स्पष्ट रुपमा देखेकाे सामाजिक अपहेलना हाे ।
उदाहारणकाे लागि उनी हरुलाई अाफु भन्दा जति नै ठुलाे भए पनि अाेइ भैया,धाेती ,पछिल्लाे समयममा फाेरम जस्ता शब्दले सम्बाेधन गर्ने जुन विल्कुलै अनादार्राथी हाे।अरु थुप्रै छन अपहेलित पार्ने व्यबहार हरु जुन मैल उल्लेख गरिरहनु नपर्ला ।

देख्दा सामान्य लाग्ने यी व्यवहार हरु पडितलाई विद्राेहकाे भावना जगाउन पर्याप्त छन । अति विकसित देशहरुमा त पहिचानकाे विषयलाई लिएर देशनै टुक्र्याउने अावाज उठ्छ, जनमतसड्ग्रह हुन्छ भने हाम्रेा जस्ताे अर्धचेतन/अर्धशिक्षित ,अविकसित देशमा अाफ्नाे सिमित राजनीतिक स्वार्थका लागि अाफुलाई जनताकाे ठेकेदार ठान्नेहरुले विग्रहकाे कुरा गर्नु अस्वभाविक हैन ।
मधेश प्रति हामिले गर्ने व्यवहार सच्चयाउ,माफि मागाै, अनि अब नदाेर्याउने प्रण गराै स्वयम् हाम्रा मधेशवाशि नेपाली दाजुभाई/दिदीबहिनी हरुलेनै ती कथित विग्रहकारिहरुलाई तह लगाउन हुनेछ । सामािजक सजांलमा तल्लाे स्तरकाे गालिगलाैच र निच व्यवहार नदेखाउ ,यसले विग्रहलाई थप बल पुग्छ । भरतियहरु र माेदिलाई खाेईराे खने जस्ताे असंमवेदनशिल विषय हैन मधेशकाे सवाल। सवैलाई समान व्यवहार गराै ,सम्मान गराै विद्राेहकाे भावना स्वतह विलय हुन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More