April 30, 2015

खतरा टर्यो अब नेताहरुको मालामाल हुने काइदा, सर्बदलिय समिति बनायो राहत खायो, खबरदारी गरौ !

राजनीतिक दलका कार्यकर्ता, भरौटे अब भूकम्पको खतरा  टरेर गएपछि सल्बलाउन थालेकाछन् । जव जिउधन जोगाउन तत्काल सहयोग, साथको खाचो थियो यी कुन दुलोमा थिए ?  थाहा छैन,  जनता मरुन बाचूँन यिनलाई के मतलब ?  
सहयोग रकम खान पाइने दाउमा सबै भरौटेहरु  गाउ फर्किने  यिनको नाटक सुनिन थाल्यो , बिश्वोभरबाट आएको  भ्रस्टाचार गर्न र्याल  काढेको , सर्बदलिय समितिती बनाउने मिलेर  रकम झ्वाम पार्न अग्रसर हुन  केन्द्र देखि टाउके नेताले तालिम दिएर पठाउन थालेको खबर सार्बजनिक हुनथालेको छ । 


२ दिन अघि   सिन्धुपाल्चोकमा सर्बदलिय बैठकको नाममा हेलिकप्टर उडाउने, नउडाउने भनि सर्बदलिय बैठक बस्दा यस्तो आपतको घडीमा सहयोगको अतिनै आवस्यक भएर छट्पटाई रहेका जनतालाई मर्माहत बनाएको छ  । 

 जनताको रगत,  लाश र आसु देखाएर  मागेर खान पल्किएका भातेहरु  फेरी सर्बदलिय समिति, पार्टीको बिल्ला भिरेर आएभने  कृपया तिनलाई प्रतिकार गर्नुहोला,  भुकम्प गएको यत्रोदीन सम्म चुप बसेका यी ब्वासाहरु फेरी पिडितको नाममा आएको सहयोगमा आखालगएर गाउपसेका छन् ।
 सहयोग दिने महानुभाव , संगठनहरुले कृपया स्थानीय सामाजीक संस्था , सामाजिक कार्यकर्ता , समाजसेवामा समर्पितहरु मार्फत गरिदिनुहोला । 
विदेशीले हामीलाई सघाइरहेका छन् हामीतालि बजाएर नबसौ काम नगर्ने कर्मचारीको कठालो समात्ने,  आफ्नो आफ्नो छेत्रका सभासादलाइ कान समातेर सहयोगमा  लगाउन  सोधीखोज गरौ ।  
 जहाँ अनियमितता भएको छ कृपया भण्डाफोर गरौ , निरन्तर खबरदारी गरौ ।
  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More