April 30, 2015

नेता महोदय हो, जनता मारिरहेको यो घडीमा, दैलोदैलो सहयोग लिएर आफै पुग नत्र २०४५ सालमा हेजुलाइ जस्तै सहिद बनाउलान

देश र जनताको सेवा गर्ने महान लक्च्य बोकेर यदि राजनीति गरिरहेको हो भने यो बेला व्यक्तिगत , पार्टीगत स्वार्थ त्यागेर सकेको सहयोग नत्र आफै सिपाही बनेर मैदानमा नपुग्ने नेताको समर्पण जनता हैन पद र भ्रस्टाचारमा  हो भन्ने प्रमाणित हुनेछ |
जनता बिपतिले  मारिरहेको यो घडीमा धेरै कम मात्र नेता, राजनीतिक कार्यकर्ता फिल्डमा गएर सहयोग गरेको पाइयो सामाजिक संजाल, संचारको बिगबिग भएको यो समय कहिँ दुलोमा लुकेर ठुलो कुरो गर्ने र कामगर्ने बिच कसैले प्रमाणपत्र पेस गर्न पर्दैन छर्लंग आफै थाहा हुन्छ । राजनितिक नेत्रित्वो , सरकार सहयोग गर्नेकाममा चुकेका छन् सबैलाई दोष लगाउन नमिल्ला तर जनताले लेखाजोखा राखिरहेका छन् ।

तीन दिनअघि सिंहदरबारमा आफ्ना सहकर्मीसँग एमाले सभासद गंगालाल तुलाधरले मुखै फोरेर भने-‘यस्तै हो भने अब हामीलाई भूकम्प पीडितले कर्णप्रसाद हेजू बनाउँछन्, जनतामा आक्रोश देखिन थालिसक्यो ।’

को हुन् कर्णप्रसाद हेजू ?
कर्णप्रसाद हेजू ०४३ सालमा भक्तपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य -सांसद) थिए । ०४५ साल भदौ ५ गते भूइँचालो आएपछि उनी त्यसको तीन दिनपछि जनप्रतिनिधिको हैसियतबाट राहत बाँड्न भक्तपुरको सुकुलढोका पुगेका थिए । तर, उनी त्यहीँ स्थानीयबाट पिटिए र घटनास्थलमै मारिए ।
हेजूले राहत वितरणमा ढिलाइ गरेको, आफ्ना मान्छेलाई मात्रै बाँडेको र पक्षपात गरेको स्थानीयवासीले आरोप लगाएका थिए । त्यसपछि उनलाई भीडले छाताले घोचेर, ब्लेडले चिरेर र लाठीले कुटेर दिनदहाडै मारेको थियो । आक्रोशित स्थानीयवासीका अगाडि प्रहरीले समेत सांसदलाई जोगाउन सकेन ।
भक्तपुरको यो घटनाको दोष त्यसबेलाको पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीलाई लगायो । सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसहित सैयौंमाथि ज्यान मुद्दा लाग्यो, दर्जनौ जेलमा परे । ०४६ सालमा प्रजातन्त्र आएपछि मात्रै उनीहरु राजबन्दीका रुपमा रिहा भए ।
हेजूको हत्या भएपछि भक्तपुरदेखि काठमाडौंको रत्नपार्कसम्म उक्त घटनाको विरोधमा विशाल जुलुस निस्किएको थियो । सो जुलुसमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह आफैं उपस्थित भएका थिए ।
तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य हेजू पञ्चायतमा प्रवेश गर्नुअघि नेपाल मजदुर किसान पार्टीमा आवद्ध थिए । उनी पार्टी छाडेर निर्दलीय पञ्चायती व्यवस्थामा प्रवेश गरेपछि राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए ।
खबरदार नेता हो !   बिश्व सहयोग गरिरहेको छ तिमीहरु भ्रस्टाचार कसरि गर्ने सहयोग कसरि कुम्ल्याउने भन्ने काममा कार्यकर्तालाइ तालिम दिन ब्यस्त ?  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More