April 26, 2015

हे पापी हो! जनता भोकमरी र असुरक्च्यामा डुबाएर तिमीहरुको स्वार्थले भरिएको जनताको जिउधन भन्दा ठुलो भनिएको संबिधान रुपी कात्रो आफै ओढ

कठै हाम्रो मुलुकको बिडम्बना  छिमेकि देशका मोदीलाइ नेपालीको दया लागिरहादा जे पर्छ सहयोग गर्छु भनेर बाचा  गरिरहदा सान्त्वना त के   तर सरकार चलाउने ठुला दलका नेता दुलो पसे आफ्नै ज्यान जोगाउन भागे   

देश सिंगापूर बनाउने कुन्दुलोमा ? डाक्टर भट्टराई फेसबुकमा आदेश दिने , संबिधान बनाउने नौटंकी मण्डली ६०१ कता  , राज्यको भात्तखाने हो  जाओ गोर्खा , सिन्धुपाल्चोक , जनता मरेको टिभीमा हेरॆर सामाजिक संजालमा भासन नदेओ यी पापीहरुलाई १० वर्ष सम्म जनताको सुरच्या , अभाव , रोग , पिडा , भोकमरी , शान्ति भन्दा संबिधान नाटक ठुलो भयो यो प्राकृतिक प्रकोप रोक्न नसकेपनि यति धेरै छेती हुनु यिनकै अकर्मन्यता हो । हो प्राकृतिक प्रकोप रोक्न सकिन्न तर बर्सौ अघिदेखि भूकम्पको जोखिम छ भन्ने तथ्य त जगजाहेर थियो नि ?
जनधनको सुरक्च्या यिनलाई के मतलब  जनता भोटको छाप लगाउने गोटी , फगत  कुर्शीको लागि भर्यांग मात्र भए  अनि जनताका सपना भए यिनका   मागी खाने भाडा 
अहोरात्र खट्ने नेपाली सेना, प्रहरीका जवान सबै सहयोगी हातहरुलाई सलाम  
हे पापी हो! जनता भोकमरी,र  असुरक्च्या डुबाएरमामारेर    तिमीहरुको स्वार्थले भरिएको जनताको जिउधनको सुरक्च्या भन्दा ठुलो भनिएको संबिधान  रुपी कात्रो   सबैकुरा हैन अब यो  सोकक घडीमा मिल, सबै मिलेर जनताका घाउ हारुमा मलम लगाउ , यो महाविपत्तिमा  जनताका घरघर पुग सेवा गर पाप पखाल र एकथान संबिधान दिएर लाग मुलुक पुनर्निर्माण गर्न ।

नेपालमा संबिधान हैन तिम्रो कुहिएको दिमाग र मतिमा सुधार जरुरिछ । बेलायत, अरब लगायतका  संबिधान नभएका मुलुक पनि सम्बृद्ध छन् ।

बाचुन्जेल गरिखान देओ , स्वोर्ग जस्तो देशमा फोहोरी राजनीतिको गनाउने खेल बन्द गरिदेओ सास्तीले बच्न देओ बाचुन्जेल  शान्तीको सास, खुसिको जीवन भोग्ने हरेक नेपाली, नया पीढीको अधिकार रक्च्या गर्दै , नया नेपाललाई आधुनीक बिश्वो संगै फक्रिने बाताबरण देओ । 
सबै दिवंगत आत्माहरुको चीर शान्तिको कामना , घाइते अपाङ्ग हरुको सिघ्र स्वास्थ्य लाभको कामना , सबै पिडित हरुलाई धैर्य धारण गर्ने शक्ती मिलोस
सबै नेपालीको प्रार्थना
जय नेपाल 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More