February 12, 2015

फिफा विश्व फुटबलको बरियतामा नेपाल ६ स्थानमाथि-Nepal ranked 180th position on FIFA

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल ६ स्थानमाथि उक्लेको छ । फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनी १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औं स्थानमा आइपुगेकोछ । यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १८६ औँ स्थानमा रहेको थियो ।

दक्षिण एशीयाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औँ स्थानमा पुगेको छ । यस्तै दुई स्थान तल झरी अफगानिस्तान १४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औँ स्थानमा पुगेको छ ।

यस्तै भारत १७१ औं यथास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ औं स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ ।

विश्व च्याम्पीयन जर्मनी शीर्ष स्थानमा कायमै रहँदा क्रमशः अर्जेन्टिना, कोलम्बिया, बेल्जियम, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स, उरुग्वे र स्पेन दोस्रोदेखि दशौ स्थानसम्म रहेका छन् ।
Nepal improve 6 places upwards and ranked 180th positio on Fifa ranking  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More