February 12, 2015

तोडफोड गर्ने सभासद भनौदा गुण्डाहरुलाइ कारबाही गर्न नसक्ने हुत्तिहाराहरु

क्या गज्जब लाज छोप्ने काइदा संबिधानसभा भवनमा   त्यत्रो  ३० औ लाखको तोडफोड भयो बिशोवभर यस घटनाको  चर्चा अनि निन्दा भो तर 
जनताका आखामा छारो हाल्न गरिएझै केवल एक छानबिनआयोग गठन गरियो र 
संविधानसभा बैठकले माघ ५ गते मध्यरात  भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न माघ ७ गते संसदसचिवालयले महासचिव मनोहर प्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले एक साताअघि नै प्रतिवेदन तयार पारेपनि सार्वजनिक गर्न सकेको छैन।



स्रोतका अनुसार तोडफोडमा एमाओवादीका ६ र थरूहट तराई पार्टीका एक गरी सात जना सहभागी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

तोडफोडमा संलग्न सभासद 
जनार्दन शर्मा : घटनाको नेतृत्व लिएको
जानकी कुमारी साउद (रावल) : क्यामेरा तोडफोड
उमेश यादव र शिवकुमार मण्डल : सभाध्यक्षमाथि आक्रमण प्रयास
दलजित विक श्रीपाली : माइक तोडफोड
अमनलाल मोदी : रोस्ट्रममा आक्रमण
गंगा चौधरी सत्गौवा : संविधानसभाभित्र खुर्सानी लगेको
संविधानसभाका प्रवक्ता एवं छानबिन समितिका सदस्य मुकुन्द शर्माले माघ ७ गते माइक, टेबुल, कुर्सी, दुईवटा टीभी स्क्रिनलगायत भौतिक सामान तोडफोड हुँदा करिब ३० लाख रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका थिए।
यस्ता घटनाले जनतामा कस्तो संदेश  जान्छ? सबै तोडफोडमा लाग्ने कि ? तोड फोडगर्नेलाइ थुन्ने ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More