February 10, 2015

सार्वजनिक यातायातको भाडादर घट्यो-पूर्ण विवरणसहित

सार्वजनिक भाडादर साढे एकदेखि सवा ५ प्रतिशतसम्म घटेको  छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रलायले सोमबार स्वीकृत गरे अनुसार पछिल्लो पटक इन्धनमा घटेको मुल्य अनुसार भाडा दरपनि समायोजन गरिएको यातायात विभागले जनाएको छ ।

यसअघि रहेको भाडादर डिजेलको रु. ९२ र पेट्रोलको रु. १२३ रुपैयाँ रहेको बेला निर्धारण गरिएको उल्लेख गर्दै हाल डिजेलको रु. ८६.५० र पेट्रोलको रु. १०९ रुपैयाँ रहेकोले त्यसै अनुरुप समायोजन गरिएको उल्लेख गरिएको छ । भाडादर घटाउँदा भाडादरमा ६५ प्रतिशत योगदान मान्ने गरिएको छ । 
पछिल्लो पटक २०७१ पुस ९ गते निर्धारण भएकोमा यात्रुवहाक सवारीमा २.०३ र सार्वजनिक मालवाहक सवारी साधन ट्रकमा तराईको हकमा ५.२८ तथा पहाड तर्फ नारायणगढ–पोखरा तथा नारायणगढ– काठमाडौंमा ४.३७ प्रतिशत घटाइएको छ । त्यसैगरी मिटर जडित ट्याक्सी तथा त्रिभूवन विमानस्थबाट चल्ने पर्यटकीय सवारी साधनमा १.४२ प्रतिशत भाडा घटाइएको छ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More