२.पहेँलो बारुलाले छोडेर गएको चाका २५ ग्राम १०–१५ वटा जयापुष्पको पातलाई आधा लिटर नरिवलको तेलमा हल्का आगो लगाई उमाल्ने, उमालेर चाका कालो भएपछि तेलालाई आगोबाट उतारी सेलाएपछि चकालाई निचोरेर शीशीमा भरी राख्ने । त्यसपछि प्रतिदिन हल्का हातले उक्त तेलले टाउकोमा नियमित मालिस गर्नाले कपाल उम्रन्छ ।
चायाँ नष्ट गर्नका लागि१.निमपत्ताको रस २०० ग्राम र १० ग्राम कालो लितको तेल दुबैलाई एकैसाथ मिलाएर हल्का आगोमा बिस्तौ पकाई तेलमात्र बाँकी रहेपछि आगोबाट झिकेर त्यसलाई छान्ने र शीशीमा सुरक्षित राख्ने ।
उक्त तेललाई प्रतिदिन टाउकोमा लगाउनाले चायाँ पर्ने र कपाल झर्ने रोग समाप्त हुन्छ । टाउकोमा घाउ खटिरा आएमा उक्त तेलले मालिस गर्दा चाँडै निको हुन्छ ।
२.रातो घण्टी फूलको रस ६ ग्राम, एक चम्चा नरिवलको तेल र तीन चम्चा दहीको मिश्रणलाई कपालमा लगाएर एक घण्टा पछि धुने गर्नाले चायँ नष्ट हुन्छ र कपाल पनि काले र बाक्लो हुन्छ ।
पेटको रोग तथा पित्तको लागि१.५० ग्राम नरिवलको तेल र ५ ग्राम खाने कपुर दुबैलाई मिलाई लगाउनाले पोल्ने वा चिलाउने बन्द भई तुरुन्दै आराम मिल्छ ।
२.दुई चम्चा चिनीको धुलो, ५ दाना मरिच र २ चम्चा गाईको घीउलाई मिलाएर पिसी लेप बनाउने र पेटको कोढ, कण्डू आदिमा आदिमा २–३ पल्ट लगाउँदा आराम मिल्छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.