मन्त्रिपरिषद बैठकले महिनादिन अघि १२ घन्टा सेवा सञ्चालन गर्न गरेको निर्णय मंगलबारदेखि अत्यावश्यक सेवा दिने सरकारी कार्यालय मंगलबार (पुस १) देखि १२ घन्टा सञ्चालन हुने भएका छन्।

सामान्य प्रशासन मन्त्रालयले अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा दुई सिफ्टमा सेवा दिनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मंगलबार विहान ६ बजेदेखि वेलुकी छ बजेसम्म सवै निकायमा १२ घन्टे सेवा सुरु हुने तयारी गरिएको जानकारी दिए। 'सवै तयारी पुरा भैसकेको छ,' मन्त्री पण्डितले भने 'अव मंगलबार विहान ६ बजेदेखि अत्यावश्यक सेवा दिन कार्यालय खुला हुन्छन्।' मन्त्रालयका अनुसार मन्त्री पण्डितले काठमाडौं जिल्ला प्रशासन कार्यालय र मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले भैरहवाको जिल्ला प्रशासन कार्यालयबाट सेवाको औपचारिक उदघाटन गर्नेछन्। अव मंगलबार विहान ६ बजेदेखि साँझ ६ बजेसम्म राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु, मालपोत कार्यालयहरु, भूमिसुधार कार्यालयहरु, नापी कार्यालयहरु, कम्पनी रजिष्टार, यातायात व्यवस्था कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, श्रम कार्यालयहरु, विद्युत खानेपानी लगायतका सेवा दिने कार्यालयहरु खुल्ला रहनेछन्।
हाल जाडोमा विहान १० देखि दिउँसो ४ र गर्मीमा विहान १० देखि दिउँसो ५ सम्म दिइदै आएको सेवा बढाएर अत्यावश्यक सेवा प्रवाह हुने निकायहरुमा विहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म १२ घन्टा सेवा सञ्चालनमा ल्याइने भएको हो। नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लिन, मालपोत दर्ता गर्न, खानेपानीको महशुल तिर्न, कम्पनी नविकरण दर्ता गर्दा, कर तिर्ने, स्थानीय निकाय (गाविस/नगरपालिका/जिविस)बाट प्रदान हुने सेवा लगायतका कामहरुमा जनतालाई सास्ती नहोस् भन्नाका लागि यस्तो सेवाको सुरुवात भएको मन्त्री पण्डितले बताए।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.