November 25, 2014

टि २० अन्तरास्ट्रिय प्रतियोगिता सोमपाल कामीको बिश्वो रेकर्ड


टि २० अन्तरास्ट्रिय प्रतियोगिताको दशौ नम्बरमा ब्याटिंग गरेरपनि सबैभन्दा बढी रन ल्याउन बिश्वोमा नम्बर १ रेकर्ड बनाए कामीले |
सोमपाल अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेटमा दसौं क्रममा आएर सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । यसअघि अफगानिस्तानका हमिद हसनले २२ रनको रेकर्ड राखेका थिए ।

१८ बर्षका कामीले हंगकंगसंग खेल्दा ३१ बल मा ६ चौका र २ छक्का सहित ४० रन बनाएर यस अघि अबगानिस्तानका हमिद हसनको ८औ ब्याट्समेनको २२ रनको रेकर्ड दशौ नम्बरमा गएर दोब्बरले तोड्दै आफ्नो पहिलो अन्तरास्ट्रिय टि २० मा आफ्नो नाम र देशको क्रिकेटको नाम दर्जा गर्न सफल भए ।

सोमपाल कामीले कीर्तिमानी ब्याटिङ गरे पनि नेपालले अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टीको मान्यता पाएपछिको पहिलो खेलमा हङकङसँग सोमबार दुई विकेटको हार बेहोर्‍यो । श्रीलंकाको पी सारा मैदानमा हङकङले नेपालविरुद्ध एक बल बाँकी रहँदा जित हासिल गरेको हो ।

वर्षाका कारण ओसिलो पिचमा नेपालको ब्याटिङ राम्रो हुन सकेन । नेपालले अलआउट हुँदै ७२ रनमात्र बनायो । प्रत्युत्तरमा हङकङले १९ ओभर ५ बलमा ८ विकेट क्षतिमा जित हासिल गर्‍यो ।

1 प्रतिक्रिया हरु:

Good ! balla pahichan kayam rakhe Kami le. Hami kahan ta pahichan ko rajniti chalchha tara pahichan rakhne kamai hudaina. Well done, Kami

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More