November 11, 2014

प्रचण्डलाइ गाली वेइज्जती मुद्दा- जो नेता उही फटाहा कि जो फटाहा उही नेता ?

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली वेइज्जती मुद्दा

दायर भएको छ।   यो निवेदन  हाल्ने इलामका समिप घिमिरे रहेछन ।
एमाले र कांग्रेसलाई गाली गलौज गरी अपमान गरेको जिकिर गर्दै १ करोड क्षतिपूर्ती र हदै सम्मको कैद सजाय हुनुपर्ने माग गरिएको छ।

निवेदनमा मुद्दा गर्दा लाग्ने खर्च बापत ५० हजार रुपैँया दाहालबाट भराउनु पर्ने माग गरिएको छ। दाङमा भएको पत्रकार भेटघाटका क्रममा दाहालले 'लात खाने बानी परेका कांग्रेस एमालेले बात मानेनन्' भनेका थिए। दाहालको यो भनाईले अन्य राजनीतिक पार्टीलाई होच्याएको आरोप निवेदनमा लगाइएको छ।
हुन त चक्मा दिएर हिरो हुने, झुट , ठगि , धम्कि को राजनीति  नेपालमा चलेको हो बजार मा बिकेको हो नेपाली ले पचाएको हो  यसमा हामी पनि जिम्मेवार छौ ।
 बेथितिको बोलिको टुंगो , मर्यादा र नैतिकता हराउदै गएको नेपाली नेतागण र राजनीति, राजनीतिज्ञलाइ एउटा सकारात्मकपाठ बनोस  यो धम्किको ब्यापारको घटना |
 हुन त नेपालमा राजनीतिको अपराधीकरण र अपराधिकरनको राजनीति चलेकै खेति हो ।कोइ नेता चोखा छैनन तर  मुलुकको ठुलो नेता भन्ने समाजलाइ धम्कि, गाली गर्न सिकाउने ?
जो नेता उही फटाहा कि जो फटाहा उही नेता ? 
जवाफ देउ नेता महोदय !

1 प्रतिक्रिया हरु:

अघिल्लो संबिधान सभामा पनि जनताको मत जितेर आएका प्रतिनिधिलाई 'हरुवा ' भन्दै अप्मान गरेकै हुन। अहिले फेरी बहुमत प्राप्त पार्टी हरुलाई अप्मान गरे छन। जनताले उन्लाई उचित सजाया तोकेर यो हैसियत्मा पुग्न वाध्य बनाये अब प्रचन्डका दिन सकिये छन अब उल्तो दिङन्ती सुरु भयो प्रचन्डको '

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More