November 18, 2014

राष्ट्र, राष्ट्रियता र स्वाभिमान, नेपाली टोपी अभियान

युवा स्रष्टाहरुले आशन्न सार्क शिखर सम्मेलन अवधिभरि नेपाली टोपी लगाउन आह्वान गरेका छन् ।
'राष्ट्र, राष्ट्रियता र स्वाभिमान, नेपाली टोपी अभियान' नारासहित राजधानीमा सुरु गरेका हुन् । 

नेपाल साहित्य मन्दिर भक्तपुरले यसको अगुवाई गर्ने जनाइएको छ । 'एउटा राष्ट्रिय गौरवको चेतना आयो,' अभियानमा काठमाडौँ उपत्यकाभरिका साहित्यिक समूह, कला, साहित्यसँग सम्बद्ध संस्थाले ऐक्यवद्धता जाहेर गर्न आह्वान गर्दै विज्ञप्तिमा छ, 'यो मस्तिष्कले नेपाली एकतालाई प्रदर्शन गर्ने मौका यही हो ।

१८ औँ सार्क शिखर सम्मेलन भरि हामी साहित्यकार, कलाकार, शिक्षक, विद्यार्थी, पत्रकार, खेलाडी अनि राष्ट्रिय महत्वका व्यक्तित्व र आमनागरिकले जातीय, भाषकि, भौगोलिक र साँस्कृतिकलगायत राष्ट्रिय एकताको प्रतीक नेपाली ढाका टोपी, बिर्खे टोपी वा भादगाउँले टोपी लगाऔं ।' भक्तपुरको दरवार स्क्वायरमा नेपाली टोपी लगाएर भव्य र सभ्य साँस्कृतिक प्रदर्शनीसहित कविता गोष्ठी गर्ने जनाइएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More