November 16, 2014

कटहरको यस्तो फाइदा-benefit of eating katahar

कटहर काँचोमा तरकारी र पाकेपछि फलकोरुपमा प्रयोग हुने
बहुउपयोगी फल हो । यो फल औषधीका गुणहरुले भरिपूर्ण
छ । तर मानिसहरु यसको नियमित सेवन गर्दैनन् । कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । तरकारीको रुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ ।
कटहरको नियमित सेवनले विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।
अल्सरको औषधी :

कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै
उपयोगी मानिन्छ । यसको हरियो पातलाई सफासँग धोएर
सुकाउने र पिँधेर चूर्ण तयार गर्ने । यो सेवन गर्दा अल्सरबाट
मुक्ति पाउन सकिन्छ ।
अनुहार र छालामा औषधी :
अनुहारमा छाला फुट्ने वा हात खुट्टामा पनि यस्तो समस्या भए कटहरको पात चपाएर थुक्दा सन्चो हुन्छ । यसले छालाका अन्य रोग पनि ठिक पार्छ ।
खाना पचाउन सहयोगी :
पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई
सेलाउन हालेर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । अपचको विरामीलाई पनि यो पानीले फाइदा गर्छ ।
मधुमेहको औधषी :
कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ । यसले उच्च रक्तचापका रोगीलाई पनि फाइदा गर्छ ।
जोर्नीको दुखाइमा औषधी :
कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ । पिलो आउँदा पनि कटहरको चोप लगाउन सकिन्छ । त्यसैगरी यसले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।
घाँटीको रोग सञ्चो :
कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस
खस हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
कब्जियतको औषधी :
कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले अपच कम गर्छ भने कब्जियत हुनेहरुलाई पनि राहत दिन्छ ।
(एजेन्सीबाट)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More