October 6, 2014

मोबाइल फोनले क्यान्सर सम्म हुनसक्छ-Mobile phone is dangerous


फोनकल तथा म्यासेजको जवाफ पर्काउन सजिलोहोस भन्ने हेतुले के तपाईंले आफ्नो मोवाइल फोन आफ्नो नजिक राख्ने गर्नुभएको छ? यदि त्यसो हो भने, आज हामी मोबाइल फोन जति खेर पनि आफु नजिक राख्नाले हुने हानी नोक्सानीका बारेमा जानकारी गराउँदै छौं ।

युवा युवतीहरु रातको समयमा पनि आफ्नो मोवाइल फोन तकिया मुनि वा छेउमा राखेर सुत्न मनपराउँछन् । हालै बैज्ञानिकहरुले अनुसन्धानमा के पत्तो लगाएका छन् भने जो नियमित रुपमा संसारसँग अंतरक्रिया गर्नमै व्यस्त रहन्छ उनीहरुले आफ्नो आयु छोट्याई रहेका हुन्छन् । अनि यस्तो कार्यले मानिसलाई बिस्तारै बिस्तारै मृत्युको मुखमा धकेलि रहेको हुन्छ ।

के मोबाइल फोन सुरक्षित छ त?

मुबाइल फोन जति बखत पनि साथमै राख्नु स्वास्थ्यका हिसावले हानिकारक छ र यो कुराको जानकारी हामीले पाइसकेको हुनुपर्छ । वातावरणीय स्वास्थ्य कोषले प्रकाशित गरेको एक महिलाले भोग्नु परेको समस्या अनुसार उनले कसरी आफूमा क्यान्सर रोग निम्त्याउन पुगिन भन्ने कुराको जानकारी बडो घतलाग्दो छ ।

क्यान्सर विशेषज्ञहरु रोबर्ट नागोउरने र जोन वेष्टले ती महिलामा देखिएको मल्टी फोकल ब्रेष्ट क्यान्सर देखेर चकित परे जवकी ती जवान महिलामा क्यान्सरले आकर्मण गर्नुपर्ने कुनै पनि कारण थिएन । जव ती महिलाले मोवाइल फोन प्रायजसो आफुले लगाउने गरेको थुनचोली भित्र राख्ने गरेको खुलासा गरिन तव दुवै डाक्टरहरुले ती महिलामा ब्रेष्ट क्यान्सर हुनुको कारण पत्तो लगाए ।
आश्चर्य लाग्दो कुरो के पत्तो लाग्यो भने ती महिलाको क्यान्सरको आकार र क्यान्सरका सेलहरु मोवाइल फोनको आकार जस्तै देखियो ।

मोबाइल फोन शरीरमा झुन्ड्याई राख्दा ज्यानै पनि जान सक्छ

विज्ञहरुका अनुसार मोबाइल फोनले रेडियोफ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटीक तरंग फाल्छ र विश्व स्वास्थ संगठन तथा क्यान्सरका लागि अन्तर्राष्टिय अनुसन्धान संगठनका अनुसार यस्ता तरंगहरु मावन स्वास्थका लागि अति हानिकारक छ ।

तसर्थ आफ्नो मोवाइल फोन कमसेकम अफुभन्दा ६ इन्च परै राख्नु होस् । यो भन्दा नजिक राख्नु स्वास्थ्यका हिसावले हानीकारक छ । मोबाइल फोन अन भएका बेला यसले रेडिएसन फाल्छ ।
मोबाइल फोन परै राख्दा क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । मोबाइल फोन आफू नजिकै राख्दा तपाईको पूर्ण शरीरमा हानी पुगिरहेको हुन्छ । हाम्रो शरीरमा कतिपय अंगहरु अति कमलो र संवेदनशिल हुन्छ जसलाई मोबाइलको तरंगले सजिलै आक्रमण गर्न सक्छ ।

आफ्नो मोबाइल फोनलाई परै राख्नुहोस्

सन २००९ मा गरिएको एक अध्ययन अनुसार, आफ्नो बेल्टमा मोबाइल फोन झुण्ड्याउने मानिसहरुको कम्मर भन्दा मुनि जता पटि मोबाइल झुण्ड्याउेन गर्छन् तेताको हड्डीमा समस्या देखापर्न थाल्छ ।

सोही वर्ष, डाक्टर सिगल साडेजकीले एक अनुसन्धान गरेका थिए जसमा उसले मोबोइल फोनका कारण प्यारोटिड ट्यूमरहरु बढ्ने संभावना बढेर जाने जानकारी गराएका छन् । प्यारोटिड ट्यूमर दुवै कान छेउमा हुन सक्ने क्यान्सर रोग हो । उनको अनुसन्धानले के पनि देखाएको छ भने मोबाइल फोन जुन कानमा प्रयोग गर्ने गरिन्छ त्यता तिरको भागमा क्यान्सर हुने संभावना अधिक रहन्छ ।

यदि तपाई विगत ५ वर्षले मोवाइल फोन प्रयोग गर्दै हुनुहुन्छ भने तपाईमा प्यारोटिड क्यान्सर हुन सक्ने संभावना करिव ३४ प्रतिशतका दरले बढेर जान्छ । त्यसै गरि यदि तपाइले ५,५०० मोवाइल कलहरु रिसिभ गरि सक्नु भएको छ भने तपाईमो प्यारोटिड क्यान्सर हुनसक्ने संभावना ५८ प्रतिशतका दरले बढेको हुनुपर्छ । यदि तपाईले २६६.३ घण्टा मोवाइल फोन प्रयोग गरिसक्नु भएको छ भने तपाईमा यो प्यारोटिड क्यान्सर हुन सक्ने संभावना ४९ प्रतिशत रहन्छ ।

केटाकेटीका लागि अझै खतरा

प्रोफेसर लेनार्ट हार्डेलका अनुसार, मोबाइल फोन नियमित रुपले प्रयोग गर्ने केटाकेटीहरुमा ४(५ सय प्रतिशत ब्रेन क्यान्सर हुन सक्ने संभावना हुन्छ । यसको कारण के हो भने केटाकेटीको टाउकोमा भएको खप्परको हाड पूर्णरुपले विकशित भैसकेको हुँदैन र वयस्कहरुको टाउकोमा भन्दा केटाकेटीको कमलो टाउकोमा मोबाइलको तरंगले सजिलै प्रवाह गर्छ ।

तसर्थ आफ्ना नानीहरुलाई मोबाइल फोन चलाउन नदिई उनीहरुको स्वास्थको बिचार गर्नहुन अनुरोध गर्दछौं ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More